स्वेच्छिक अवकास रोज्ने लडाकुको सङ्ख्या ४ हजार

४ बैशाख २०६९, सोमबार १०:४० मा प्रकाशित

काठमाडौ, ४ बैशाख । दोस्रो पटक सुरु गरिएको माओवादी लडाकु पुनर्वर्गीकरणको तेस्रो दिनसम्ममा स्वेच्छिक अवकाश रोज्ने लडाकुहरुको सङ्ख्या ४ हजार २ सय ६८ पुगेको छ । दलहरु शान्ति प्रक्रियाको विवादित विषयमा सहमति गरेर संविधान निर्माणको काममा लागिपरेको बेला लडाकुहरुले भने आफूहरुलाई अमान्य हुने निर्णय नेताहरुले गरेकोले अवकाश रोज्नुपरेको बताउने गरेका छन् । अबको १÷२ दिनमै पुनर्वर्गीकरणको काम सक्ने योजनामा रहेको लडाकु रेखदेख, समयोजन तथा पुनस्थापना विशेष समिति मातहतको सचिवालयले आज केही शिविरमा पुनवर्गीकरणको काम सकिने बताएको छ । दोस्रो चरणको लडाकु पुनर्वर्गीकरणको काम आज चौथो दिन पनि जारी छ । लडाकुको ७ मुख्य शिविरमा पुगेको विशेष समिति मातहतको सचिवालयको टोलीले पुनर्वर्गीकरणको कामलाई जारी राखेको सचिवालय संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । गएको चैत मसान्तसम्ममा पुनर्वर्गीकरणको काम सकेर समायोजन रोज्ने लडाकु, हतियार नेपाली सेनाको जिम्मा लगाउने सहमति भए पनि केन्द्रको निर्देशन नआएको भन्दै लडाकुको असहमतिका कारण वर्गीकरणको काम ढिलो सुरु भएको हो । अधिकांश लडाकुले अवकाश रोजेपछि समायोजनमा जाने लडाकुको सङ्ख्या भने पूर्व सहमतिमा उल्लेख भएभन्दा थोरै हुने भएको छ । दलहरुबीच कात्तिक १५ मा भएको ७ बुँदे सहमतिमा साढे ६ हजार माओवादी लडाकुलाई नेपाली सेनाको मातहतमा बन्ने महानिर्देशनालयमा समायोजन गर्ने उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री परिषद् फेरबदल गर्नुभएको छ । उहाँले गत माघमा नियुक्त भएका मन्त्रीद्वय विमला