काग्रेस एमाओबादी छलफल; सहमतिमै संविधान र सरकार बनाउन सहमति

२३ मंसिर २०७०, आईतवार २२:२७ मा प्रकाशित

काठमाडौ, २३ मंसिर । संविधानसभामा सबै भन्दा ठुलो दल नेपाली काग्रेसले एकीकृत नेकपा माओवादीसंग सहमतिमै संविधान र सरकार बनाउने प्रतिबद्धता सहितको प्रस्ताव अघि सारेको छ । काग्रेस र एमाओवादीका नेताहरुवीच भएको छलफलमा काग्रेसले एमाओवादीले आशंका गरे जस्तो काग्रेस दुई तिहाई बहुमत पुर्याएर जवरजस्ती संविधान जारी गर्ने पक्षमा नरहेको भन्दै कम्तिमा पनि नयाँ संविधान जारी हुन्जेलसम्म सबै प्रमुख दलहरुवीच सरकार र संविधानका विवादित विषयमा सहमति कायम गरेर अघि बढ्न काग्रेस तयार रहेको स्पष्ट पारेको थियो । बैठकमा काग्रेस सभापति सुशिल कोइरालाले काग्रेस सहमति सहकार्य र एकताकै बाटोबाट अघि बढ्ने स्पष्ट पार्दै संविधान निर्माणको विषयमा अनावश्यक शंका नगर्न आग्रह गरेका थिए । जवाफमा एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिमै संविधान जारी गर्न तयार भएको भए संविधान संसोधन गरेर त्यसमै सहमति सम्बन्धी ब्यवस्था गर्न किन हिच्किचाउने भन्ने प्रश्न गरेका थिए । प्रचण्डले चुनावको धाधली छानविन गर्न उच्चस्तरीय समिति बनाउन समेत आग्रह गरेका थिए ।
जवाफमा कोइरालाले सरकार र संविधान निर्माणको विषयमा संविधानमा पहिलो प्रयास नै सहमति स्पष्ट उल्लेख भएकोले संविधान संसोधन गर्न आवश्यक नरहेको भन्दै संबैधानिक निकायले गरेको काममा अर्को छानविन गर्न समिति गठन हुन नसक्ने भन्दै संविधानसभाको बैठक बसेपछि संसदभित्रका दल रहेको संसदीय समिति बनाएर छानविन गर्न सकिने प्रस्ताव गरेका थिए । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले छलफल सकारात्मक भएको र पहिलो बैठक भएकोले विस्तारै थप छलफलमा सहमति जुटदै जाने विश्वास ब्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ८ हजार ५ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २ सय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौँ। पूर्व रानी कोमल शाह अस्पतालबाट डिस्चार्ज भएकी छन् । काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत शाह आज अपराह्न ४

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको