सेनाले निर्वाचनमा धाँधली गर्यो भन्नु तथ्यहीन एवं भ्रमपूर्ण

२० मंसिर २०७०, बिहीबार २२:२२ मा प्रकाशित

काठमाडौं, २० मंसिर । एमाओवादीले संविधानसभा निर्वाचनमा धाँधली गर्ने कार्यमा नेपाली सेना संलग्न रहेको आरोप लगाएको करिब दुई साता पछि सेनाले औपचारिक धारणा सार्वजनिक गरी त्यस्तो आरोपको खण्डन गरेको छ । सैनिक जनसम्पर्क निर्देशनालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै निर्वाचनमा धाँधली गरेको भन्दै आधारहीन, तथ्यहीन एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तान्ने प्रयास भएको जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकारको निर्णयबाट प्राप्त कार्यादेश बमोजिम नेपाली सेनाले आफ्नो जिम्मेवारी इमान्दार एवं कर्तव्यनिष्ट भई पालना गरेको परिप्रेक्षमा केही सञ्चार माध्यममार्फत निर्वाचनमा धाँधली भएको भन्ने नाममा आधारहीन, तथ्यरहीत एवं भ्रमपूर्ण प्रचारबाजी गरी राष्ट्रिय सेनालाई अनावश्यकरुपमा विवादमा तानी नेपाली सेनाको अराजनैतिक एवं व्यवसायिक चरित्रमाथि प्रहार गर्ने प्रयास एवं प्रचारवाजीप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ ।’ नेपाली सेनाले निर्वाचनमा निर्वाह गरेको निष्पक्ष भूमिकालाई नेपाली जनताले आत्मसात् गरी वास्तविकता बुझेको सेनाको भनाइ छ । सरकारले दिएको कार्यदेशअनुसार इमान्दारीपूर्वक, उत्कृष्ट एवं व्यवसायिक ढंगले भूमिका निर्वाह गरेको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा भनिएको छ, ‘नेपाली सेनाको यस भूमिकालाई नेपाल सरकार, निर्वाचन आयोग, कुटनीतिक क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वतन्त्र पर्यवेक्षक, नागरिक समाज, सञ्चारजगतलगायत संलग्न सबै क्षेत्रबाट समेत प्रसंशा भएको सर्वविदितै छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री