युक्रेन आन्दोलनमा पूर्व राष्ट्रपतिहरुको साथ

२० मंसिर २०७०, बिहीबार २२:०८ मा प्रकाशित

युक्रेन, २० मंसिर । युक्रेनमा जारी सरकारबिरोधी प्रदर्शनमा तीन पूर्व राष्ट्रपतिले समेत सहभागिता जनाएका छन् । युक्रेनमा पछिल्ला तीन दिनमा चर्केको आन्दोलनमा तीन पूर्व राष्ट्रपतिले बिरोधलाई शान्तिपूर्ण बनाउन पहल पनि थालेका छन् । यस अघि कुनै प्रतिक्रिया नदिएका उनीहरुले बिरोधलाई शान्तिपूर्ण र निर्णायक बनाउन आँफुहरु मैदानमा आएको प्रतिक्रिया दिएका छन् । पूर्व राष्ट्रपति लियोनिद क्राभचुक, लियोनिद कुच्मा र भिक्टर युश्चेन्को प्रदर्शनमा सहभागी भएका हुन् । हिजो भएको प्रदर्शन खासगरी सरकारी कार्यालयहरु घेराउमा केन्द्रीत रहेको र त्यहाँ तीन वटै पूर्व लिडरहरुले मन्तव्य राखेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । यस अघि शीर्ष नेताहरुबिना नै सुरु भएको सरकार बिरोधी प्रदर्शनमा सर्वत्र सहयोगका स्वर आएपछि आन्दोलन निर्णायक हुने भन्दै प्रदर्शनकारीले खुसीयाली मनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय