संविधानका विवादित विषयमा सहमति जुटाउन शिर्ष बैठक आज पनि जारी

४ बैशाख २०६९, सोमबार १०:३६ मा प्रकाशित

काठमाडौ, ४ बैशाख । संविधान निर्माणकोक्रममा देखिएका विवादमा सहमति खोज्न मुख्य तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक आज पनि जारी छ । राजधानीबाट झन्डै २० किलोमिटर दक्षिणी भेगको सेतीदेवी गाविस– १ स्थित हात्तीवनमा हिजोदेखि जारी आवासीय छलफल आज ठोस सहमति गर्दै सकिने नेताहरुले बताएका छन् । संविधान लेखनका क्रममा देखिएका विवादित बुँदामा सहमति गर्न कार्यव्यवस्था परामर्श समितिले दिएको समय सकिन एक दिन मात्र बाँकी रहँदा दलहरु आवासीय छलफलमा जुटेका हुन् । हिजोको बैठकमा एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्व दलका नेताहारुले आआफ्नो दलगत धारणा राखेका थिए । संविधान लेखनका क्रममा सहमति जुट्न नसकेका शासकीय स्वरूप, निर्वाचन प्रणाली, राज्य पुनःसंरचना, न्याय प्रणालीलगायतका विषयमा सकेसम्म सहमति गरेर र त्यसो नभएमा लेनदेन गरेर भए पनि सहमति गर्नुपर्नेमा शीर्ष नेताहरुले जोड दिएको एक नेताले जानकारी दिएका छन् । बैठकमा भएका सहमतिका लागि हुने छलफलका विषय बाहिर आउनेभन्दै नेताका सुरक्षा गार्ड र निजी सचिवालयका सदस्यलाई समेत बैठकस्थलबाट फर्काइएको छ भने बैठकमा सहभागी नेताहरुको लागि आचारसहिंता बनाइएको छ । रिसोर्टभन्दा झन्डै तीन किलोमिटर वरैबाट सन्चारकर्मी र सर्वसाधारण तथा रिसोर्टमा बस्न जाने विदेशीलाई समेत प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार