गैरआवासीय नेपालीलाई मताधिकारबारे निर्वाचन आयोगको समिति गठन

४ बैशाख २०६९, सोमबार ०१:५९ मा प्रकाशित

काठमाडौ, ४ बैशाख । गैरआवासीय नेपालीलाई मतादिने अधिकारबारे सम्भाव्यता अध्ययन गर्न निर्वाचन आयोगले समिति गठन गरेको छ । गैरआवासीय नेपालीहरूलाई पनि मताधिकार दिइनुपर्ने माग बढिरहेको बेला निर्वाचन आयोगले सम्भाव्यता अध्ययन समिति बनाएको हो ।

निर्वाचन आयोगका सचिव शंकर कोइरालाको संयोजकत्वमा गठित सात सदस्यीय समितिमा गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, अर्थ मन्त्रालयका सहसचिव राजन खनाल, गृहका भोला शिवाकोटी, परराष्ट्रका अर्जुनबहादुर थापा, कानुनका राजुमानसिंह मल्ल सदस्य र आयोगका सहसचिव शारदाप्रसाद त्रिताल सदस्यसचिव रहेका छन् । निर्वाचन आयोगले समितिलाई गैरआवासीय नेपालीलाई मतादिने अधिकारबारे सम्भाव्यता अध्ययन गरी सिफारिस र त्यसको कार्यान्वयनका लागि कार्ययोजना प्रस्ताव गर्न निर्देशन दिएको छ । समितिले मतदान तथा मताधिकारसम्बन्धी नेपालको वर्तमान अवस्था, अन्य मुलुकहरूमा गैरआवासीय नागरिकलाई प्रदान गरिएको मताधिकार प्रकृति, आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाबारे प्रतिवेदन तयार पार्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई