नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति परिवर्तन गर्न सकिदैनः संविधान मस्यौदाकार दाहाल

१६ मंसिर २०७०, आईतवार २०:०३ मा प्रकाशित

काठमाडौ, १६ मंसिर । अन्तरिम संविधानका मस्यौदाकार मध्येका एक बरिष्ठ अधिवक्ता हरिहर दाहालले नयाँ संविधान जारी नगरुन्जेलसम्म राष्ट्रपति परिवर्तन हुन नसक्ने स्पष्ट पारेका छन् । आईतवारको साक्षात्कारमा दाहालले संविधानको धारा ३६ को (ग) मा स्पष्ट रुपमा राष्ट्रपतिको कार्यकाल नयाँ संविधान जारी नगरुन्जेलसम्म रहने उल्लेख भएकोले संविधान संसोधन नभएसम्म राष्ट्रपतिको निर्वाचन हुन नसक्ने बताए । उनले राष्ट्रपति मात्रै परिवर्तन गर्ने गरी ब्यक्ति केन्द्रीत रुपमा संविधान संसोधन हुन नसक्ने भन्दै तानाशाही ब्यवस्था भए मात्रै त्यस्तो अवस्था आउन सक्ने बताए । उनले भने, ‘राष्ट्रपतिको भूमिका सन्तुलित छ फेरि उहाँले सबै कुरा बुझेकोले संविधान निर्माणमा सहज हुने भएकोले राष्ट्रपति फेर्न भन्दा पनि एक वर्षभित्र संविधान निर्माण गरेर राष्ट्रपतिलाई विदाई गर्न तर्फ लाग्नु पर्छ ।’ दाहालले एमालेले प्रधानमन्त्री हात पार्ने योजनामा राष्ट्रपतिको निर्वाचन सम्बन्धी विषय ल्याएर विवाद खडा गरेको आशंका समेत ब्यक्त गरे । साक्षात्कारमा संविधानविद्ध डा भिमार्जुन आचार्यले संविधानमा राष्ट्रपतिको पदावधी संविधानमा स्पष्ट भएकोले संविधानसभाको निर्वाचन हुँदैमा राष्ट्रपति परिवर्तन नहुने स्पष्ट पार्दै १ सय भन्दा बढी संसदीय ब्यवस्था भएको मुलुकमा समेत संसदीय चुनाव हुने वित्तिकै कतै पनि राष्ट्रपति परिवर्तन गर्ने ब्यवस्था नभएको बताए । दलहरुले १ वर्षमा संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरेकोले राष्ट्रपति परिवर्तन भन्दा पनि संविधान निर्माणमा लाग्नु पर्नेमा जोड दिदै संविधान संसोधन नगरेसम्म राष्ट्रपति परिवर्तन गर्न नसकिने दावी गरे । नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले सर्वशक्तिमान संविधानसभा आईसकेकोले राष्ट्रपतिको कार्यकालको विषयमा निर्णय लिनु पर्ने बताए । उनले भने–अब सबै कुरा नयाँ जनादेशको अधारमा हुनु पर्छ । अधिकार सम्पन्न संविधानसभाले सबै विषय टुङग्याउन सक्छ । उनले संविधानसभाको नयाँ निर्वाचन भईसकेकोले विघठित संविधानसभाबाट अनुमोदित राष्ट्रपतिले स्वभाविक रुपमा नयाँ जनमतबाट अनुमोदित हुनु पर्नेमा जोड दिदै दोस्रो पटक संविधानसभाको निर्वाचनको कल्पना संविधानले नै नगरेको अवस्थामा राष्ट्रपतिको पदावधी संविधान जारी नगरुन्जेलसम्मको लागि भनिएकोले नयाँ निर्वाचन भएपछि त्यसमा परिवर्तन आवश्यक रहेको तर्क गरे । दलहरुले राजनीतिक सहमतिको आधारमा अहिलेका राष्ट्रपतिलाई निरन्तरता दिन नसके संविधानको धारा ३६ (ख) को २ अनुसार बहुमतीय प्रणालीबाट नयाँ राष्ट्रपति चयन गरिनु पर्ने उनले धारणा राखे । कार्कीले संविधानको धारा ८२ मा संविधान जारी नगरुन्जेलसम्म संविधानसभाको आयू रहने भनि स्पष्ट ब्यवस्था हुँदा समेत संविधानसभा विचैमा विघठन भएको तर्क गर्दै संविधान नबन्दासम्म भन्ने शब्दावलीको आधारमा अकन्टक रुपमा राष्ट्रपतिलाई राख्न नसकिने बताए । बारका पूर्व उपाध्यक्ष शेरबहादुर केसीले अहिलेको संविधान खारेज वा संसोधन नभएसम्म राष्ट्रपति परिवर्तन हुनै नसक्दै दावी गर्दै अहिलेको फ्रेस म्याण्डेड राष्ट्रपति परिवर्तनको लागि नभई संविधान निर्माणको लागि मात्रै भएको तर्क गरे । उनले संविधान निर्माणमा लाग्नु पर्ने बेलामा राष्ट्रपतिको पदावधीको विवाद ल्याउनु दुखद भएको भन्दै यस्तो विवाद संविधान नबनाउने योजनामा षडयन्त्रपूर्वक ल्याएको बताए । केसीले भने–राष्ट्रपति विरुद्ध महाअभियोग पारित भए , राजिनामा दिए वा संविधान जारी भए मात्रै पदावधी सकिन्छ नभए सकिदैन । बारका पूर्व महासचिव रमणकुमार श्रेष्ठले असफल संविधानसभाले चुनेको राष्ट्रपति समेत असफल भएकोले राष्ट्रपति आफैले त्यसको जिम्मेवारी लिएर पद छाड्नु पर्ने धारणा राखे ।
उनले राष्ट्रपतिको लोकतन्त्रप्रति आस्था भए आफै नयाँ निर्वाचनको लागि धारणा सार्वजनिक गर्दा राम्रो हुने भन्दै नयाँ जनमत आए पछि त्यसबाट अनुमोदन हुनु आवश्यक रहेको तर्क गरे । संसदको चुनाव भए पछि कार्यपालिका परिवर्तन हुने भएकोले राष्ट्रपतिसमेत परिवर्तन हुने भन्दै श्रेष्ठले राष्ट्रपति परिवर्तन नहुने भए नयाँ सभामुखमा समेत सुवास नेम्बाङलाई नै पुर्नस्थापना गर्नु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले परोपकारी गतिविधि सञ्चालन गर्न ‘एनआरएनए फाउन्डेसन’ स्थापना गरेको छ । फाउन्डेसनको प्रस्तावित अध्यक्षमा संघका पूर्वअध्यक्ष एवं

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार