बिबादास्पद भूमिमा चिनिया युद्द बिमान

१६ मंसिर २०७०, आईतवार ०१:४३ मा प्रकाशित

एजेन्सी, १६ मंसिर । चीन र जापानको विवादित पूर्वी चिनियाँ सागरमा चीनले युद्धक विमानहरु पठाएको छ । यसअघि एकलौटीरुपमा आफ्नो वायुक्षेत्र घोषणा गरेको चिनले सो क्षेत्रमा थुप्रै संख्यामा युद्धक विमानहरु पठाएको हो । चिनिया वायुसेनाका प्रवक्ता कर्नेल शेन जिङ्कले उक्त क्षेमा लडाकु जेटहरु पठाईएको र यो चीनको रक्षात्मक कार्वाही भएको बताएका छन् । गत शनिबार पुर्वी चीनियाँ सागरलाई आफ्नो वायुसिमा रक्षा क्षेत्र घोषणा गरेको चिनले अन्तराष्ट्रिय प्राबधान अनुरुप हवाई गस्ती गरिएको बताएको छ । चीनले घोषणा गरेको वायुरक्षा क्षेत्र भित्र जापानसंग विवादमा रहेको सेनकाकु र दिआयु टामु समेत रहेका छन् । यस अघि अमेरिकाले उक्त क्षेत्रमा आफ्ना लडाकु विमान पठाएपछि चीनले आपत्ती जनाएको थियो । तेल र प्राकृतिक ग्यासको प्रचुर भण्डार रहेको मानिने उक्त क्षेत्रमा दक्षिण कोरियाले पनि आफ्नो हिस्सा खोज्दै आएको छ भने अमेरिकाले उक्त क्षेत्र जापानको रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा