कस्तो र कुन कुन कोठामा बसेका छन् शिर्ष नेताहरु हात्तिबन रिसोर्टमा

३ बैशाख २०६९, आईतवार २०:५१ मा प्रकाशित

काठमाडौ, ३ बैशाख । संविधानमा देखिएका विवादमा सहमति जुटाउन काठमाडौको फर्पिङ छेउमा रहेको हात्तिबन रिसोर्टमा रहेर आज मध्यान्ह देखी निरन्तर छलफलमा जुटेका शिर्ष नेताहरुले सोही होटलमा आफ्नो बसाई मिलाएका छन् ।
प्राप्त जानकारी अनुसार नेपाली काग्रेसका सभापति सुशिल कोइराला होटलकोलागी १० नम्बर र संसदीय दलका नेता रामचन्द्र पौडेलका ८ नम्बर बुक गरिएको छ । बरिष्ठ नेता शेरबहादुर देउवाकालागी ७ , महामन्त्री कृष्णप्रसाद सिटौलाकालागी ९ , विमलेन्द्र नीधि र महेश आचार्यकोलागी ३१, महामन्त्री प्रकासमान सिह र अर्जुन नरसिह केसीकालागी ३२ नम्बरको कोठा बुक गरिएको छ । त्यस्तै यसैगरी एमाले अध्यक्ष झलनाथ खनालका लागि २६ नम्बर, बरिष्ठ नेता माधवकुमार नेपालका लागि २४ नम्बर, उपाध्यक्ष बामदेव गौतमका लागि २५ नम्बर, प्रभावशाली नेता केपी ओलीका लागि २३ नम्बर, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेका लागि २१ नम्बर र पूर्व गृहमन्त्री भीम रावलका लागि  २० नम्बरको कोठा बुक गरिएको छ । त्यसैगरी एमाले सचिव शंकर पोख्रेलकालागी  ११ र महासचिव ईश्वर पोख्रेलका लागी १७ नम्बरको कोठा बुक गरिएको छ ।
प्रधानमन्त्रीकोलागी ५, माओवादी अध्यक्ष प्रचण्डकोलागी ३३, उपाध्यक्ष मोहन बैद्य किरणकोलागी ६, नारायणकाजी श्रेष्ठकोलागी २ महासचिव रामबहादुर थापाकालागी १ , देव गुरुङ र सीपी गजुरेलकोलागी ३ नम्बर कोठा बुक गरिएको छ ।
त्यसैगरी उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारकोलागी २७, सिचाईमन्त्री महेन्द्र यादवकोलागी १८, स्वास्थ्यमन्त्री राजेन्द्र महतोकालागी १९, भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीकालागी २८, सन्चारमन्त्री राजकिशोर यादवकोलागी ३० नम्बरको कोठा बुक गरिएको छ ।

काग्रेस सभापति कोइरालाका पीए लक्ष्मण ढकालका लागि १५ नम्बर र एमाले अध्यक्ष खनालका पिए रामबाबु अधिकारीका लागि १४ नम्बर कोठा बुक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ