विश्वकप पुर्‍याउने क्रिकेट खेलाडीलाई जनही १० लाख

१४ मंसिर २०७०, शुक्रबार ०५:२६ मा प्रकाशित

काठमाडौँ, १३ मंसिर । युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले नेपाललाई आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप छनौटमा पार्न सफल खेलाडीलाई जनही दश लाखका दरले पुरस्कार दिने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने बताए।

आज राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई जनही रु १० लाखका दरले पुरस्कार दिने प्रस्ताव मन्त्रालयमा पठाएको छ, मन्त्रालयले त्यसमा घटाउने होइन बरु थपेर प्रस्ताव मन्त्रिपरिषद्मा पठाउँछौं।’

नेपाली खेलाडीको प्रदर्शनले देशको शिर ठाडो पारेको बताउँदै उनले क्रिकेटको विकासका लागि आवश्यक सबै सहयोग प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले भर्खरै सम्पन्न निर्वाचनले समाजलाई विभाजित गरिरहेको अवस्थामा क्रिकेटमा भएको विजयले फेरि एकजुट बनाउन भूमिका खेलेको धारणा राखे।

नेपाल क्रिकेट सङ्घ(क्यान)का अध्यक्ष टङ्क आङ्वाहङ लिम्बुले दिन र रात दुवैमा खेल्न मिल्ने अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र वर्षाको समयमा पनि खेल्न मिल्ने भित्री मैदान बनाउन आवश्यक रहेको बताउँदै त्यसका लागि क्यानले पहल गरिरहेको बताए।

क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेले केही वर्षअघि आफूहरुले नेपालले विश्वकप खेल्छ भन्दा आफूहरुलाई उडाउने गरेको प्रसङ्ग स्मरण गर्दै खेलाडीहरुको मिहिनेत र लगनशिलताले नेपाल विश्वकपका लागि छनौट भएको बताए।

संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा हङकङलाई हराउँदै नेपालले पहिलो पटक विश्वकपमा छनोट हुने अवसर पाएको हो। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९

काठमाडौं । टोकियो ओलिम्पिक्समा नेपाली खेलाडीहरूको खेल आजदेखि शुरु भएका छन् । शुटिङमा नेपालकी कल्पना परियारले महिला १० मिटर एयर

टोकियो। जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । प्रतियोगिता आजदेखि सुरु भई आगामी अगस्ट ८

जापानको राजधानी टोकियोमा हुन लागेको ओलम्पिक प्रतियोगिताको उद्घाटन समारोहमा १५ राष्ट्र र सङ्गठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ ।