इगोको शिकार चलचित्र महोत्सव

३ बैशाख २०६९, आईतवार २०:१६ मा प्रकाशित

काठमाडौं । पहिलोपटक आयोजना हुन गईरहेको राष्ट्रिय चलचित्र महोत्सव इगोको शिकारमा परेको छ । नेपाल चलचित्र विकास बोर्ड र चलचित्र निर्देशक समाजको इगोका कारण महोत्सव विवादमा तानिएको स्रोतको दाबी छ ।

बोर्डका सदस्य नीलहरि काफ्ले र समाजका अध्यक्ष केपी पाठकको इगोका कारण राष्ट्रको बेइज्जति भएको स्रोतले दाबी गरेको छ । इख सतहमा पोखिएपछि बोर्डलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेको छ । मिति नजिकिंदै जाँदा महोत्सव वहिस्कार गर्ने संघसंस्थासमेत धमाधम थपिन थालेका छन् । सरसल्लाह नै नगरी अन्तिम समयमा मूल आयोजक समितिमा राखेको भन्दै निर्देशक समाज र चलचित्र द्धन्द्ध कलाकार संघले महोत्सवमा बहिष्कारको घोषणा गरिसकेका छन् ।

बहिष्कारप्रति समाजका अध्यक्ष केपी पाठकको नामै लिएर बोर्डका सदस्य काफ्लेले नचाहिंदा कुरा उठाएको बताउँदै भने, ‘म महासचिव भएकै बेलाको भिजन बोकेर हिंडेको संस्थासँग बोर्डले के सल्लाह लिनु ? पाकेको भात जसरी खाए पनि हुन्छ । अहिले उहाँहरुसँग सल्लाह लिनुको अर्थ छैन ।’
विरोध गर्दा ठूलो मान्छे होइन्छ भन्ने मानसिकता बोकेर समाजले विरोध गरेको काफ्लेले आरोप लगाए । उनको थप भनाइ थियो, ‘हामीले सम्मान गर्दै सबै सरोकारवालालाई मूल आयोजक समितिमा राखेका हौं । अम्लो दिंदा हातै निल्न खोजेपछि विवाद आएको हो ।’

समाजले भने बोर्डले बिना जानकारी आदेशात्मक शैलीमा आयोजक बनाएकोले भाग नलिने निर्णय गरेको जनाएको छ । समाजका अध्यक्ष केपी पाठकका अनुसार गुपचूप ढंगले बोर्डले महोत्सव गर्न लागेकोले आफूहरुले सहभागी नहुने निर्णय गरेको बताए । उनले भने, ‘आयोजक राखिएको छ तर हामीलाई महोत्सवबारे कसैले सोधेमा दिने उत्तर छैन । अनि किन आयोजक बन्ने ?’

महोत्सव चलचित्र क्षेत्रको भन्दा पनि बोर्डको मात्रै भएको उनले बताए । अरुलाई भने साक्षी मात्रै राख्न खोजिएको पनि उनको आरोप छ । महोत्सव ८ देखि ११ चैतसम्म वीरेन्द्रनगरमा हुदै छ । (Source : www.filmnepal.com)

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा पोखरामा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिताको उपाधि नगरकोट दोहोरी साँझ काठमाडौँले हात पारेको

कास्की । कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ । ‘लोकसंस्कृति जोगाऔँ,

काठमाडौं । चर्चित रियालिटी टिभी शो ‘बिग बोस’ मा देखिएकी एक अभिनेत्रीले बोल्डनेसमा बलिउडका ठूला अभिनेत्रीहरुलाई पछि पारेकी छिन् ।

काठमाडौं । नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘हट एण्ड सेक्सी’ अवतारमा उनी सामाजिक सञ्जालमा छरपष्ट