पाखा परेपछि पार्वतीको धर्ना

१३ मंसिर २०७०, बिहीबार ०३:०२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका बढुवाका आफ्नै नीति नियम छन्। प्रहरी भनेको चेन अफ कमाण्डमा चल्ने संगठन हो। फौजका आफ्नै नियम कानुन हुन्छन्। फौज भनेको अनुशासनमा चल्नुपर्छ नत्र त्यो फौज नै रहँदैन। तर नेपाल प्रहरीका डीआइजी पार्वती थापाले पहिला पहिलो महिला आइजीपी भएर गिनिजबुकमा नाम लेखाउने भन्दै महिला अधिकारवादीहरूलाई गुहारेर भाषण र जुलुस प्रदर्शन गराइन्। आइजीपीमा सरकारले उपेन्द्रकान्त अर्याललाई बढुवा गरेपछि डीआइजी थापा पुनः एआइजी बढुवाका लागि दबाब दिन धर्ना कार्यक्रममा लागेकी छिन्।
थापालाई एआइजी बढुवा गर्न माग गर्दै नयाँबानेश्वरमा केही दिनदेखि धर्ना सुरु भएको छ। लैंगिक विभेद भएको भन्दै उनको तर्फबाट धर्नामा सहभागी हुन सबैलाई मोवाइलमा म्यासेज गर्दै बोलाइएको छ। थापा महिला कोटामा विशेष बढुवा भएकी हुन्। एसएसपी भन्दा माथि बढुवा गर्न नमिल्ने भए पनि उनी सहित विमला थापालाई सरकारले २०६५ मंसिर ११ गते डीआइजी बढुवा गरी प्रहरी प्रधान कार्यालयको महिला बालबालिका निर्देशनालय र अपराध अनुसन्धान विभागमा दरबन्दी नै तोकेको थियो। तर दुवै डीआइजी काजमा क्षेत्रीय प्रहरी कार्यालयमा पनि सरुवा भए।
क्षेत्रीय प्रमुखमा सरुवा त उनीहरूलाई नियम विपरीत प्रहरी संगठनले गरेको थियो नै अहिले पनि रिक्त एआइजी पदमा बढुवा हुनका लागि धर्नातिर थापा लागेकी छिन्। २०७० मंसिर १० गते पदावधिका हिसाबले अवकाशमा पर्ने भएपछि सरकारलाई दबाब दिएर एआइजीपी हुने योजनामा पार्वती लागेकी छिन्। उनले आइजीपी हुनका लागि देखाएको रबैयाले नै गृहप्रशासन झस्केको थियो भने अहिले थालेको धर्नाले थप सशंकित भएको छ। प्रहरीमा धर्ना र जुलुस प्रदर्शन गरेर बढुवा हुने परिपाटी बसाले भोलि त्यो संगठन अराजकताको दलदलमा भासिनसक्ने खतरालाई सरकारले गम्भीर रुपमा लिएको छ।
प्रहरीमा सात एआइजी पद रिक्त छन्। रिक्त सात पदका लागि एकसेएक डीआइजी प्रतिस्पर्धी छन्। धर्ना बसे पनि एक महिना पनि सेवावधि नभएका पार्वंती थापा र विमला थापालाई बढुवा नगर्ने प्रहरी स्रँेतले बतायो। स्रोतका अनुसार अर्यालको समूहका डीआइजीहरू नै बरियताक्रमअनुसार एआइजी बढुवा हुनेभएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

कोराना रोकथाम तथा नियन्त्रण गर्न नलगाड नगरपालिका–८ हल्चौरमा देवीलाई बलि ( बोका) चढाइएको छ । शनिबार दिउँसो गाउँलेहरु जम्मा भएर

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत