लिबियाको बेन्घाजी शहर संकटग्रस्त

१२ मंसिर २०७०, बुधबार ०२:०५ मा प्रकाशित

एजेंसी, ११ मङ्सिर । गत वर्ष अमेरिकी दुतावासमा भएको हमलामा केही वरिष्ठ अधिकारीहरु मारिएको बेन्घाजी सहरको बन्दरगाह क्षेत्रलाई लिबिया सरकारले संकटग्रस्त घोषणा गरेको छ । उक्त क्षेत्रमा हिजो भीषण हमला भएपछि सरकारले त्यस क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको हो । उक्त क्षेत्रका विभिन्न अस्पताल र अन्य सार्वजनिक स्थलमा भएका आक्रमणमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो । त्यहाँका टेलिभिजनहरुले विद्रोहीहरुले गरेको आक्रमणलाई प्रत्यक्ष प्रसारण गरेका थिए । आम सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएपछि नागरिकहरु थप त्रसित भएकाले पनि सरकारले उक्त क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको बताइएको छ । लिबियाका पूर्व कर्नेल मुअम्मर गद्धाफीबिरुद्धको आन्दोलनका क्रममा स्थापना भएका विभिन्न हतियारधारी समूहलाई राज्यले व्यवस्थित गर्न नसक्दा लिबियामा यस्ता घटना निरन्तररुपमा बढिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या

काबुल, २६ बैशाख (रासस–सिन्ह्वा) – अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीन वटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या

नयाँ दिल्ली, २६ बैशाख (रासस–एएनआई) – भारतमा लगातार चौथो दिन कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा बढी पाइएको छ । केन्द्रीय