हारेको जुवाझैँ दाऊ भयो मायाँ -मुक्त उदाश पुन मगर

३ बैशाख २०६९, आईतवार २०:०५ मा प्रकाशित

हारेको जुवाझैँ दाऊ भयो मायाँ
मुटुमा बिझाउने घाऊ भयो मायाँ ।

महङ्गीको बजारले छोएर होला
हिरा जस्तै अमूल्य भाऊ भयो मायाँ ।

बेदनाको भेलबाढी उर्लिएर आउँदा
पहिरोले बगाएको गाँऊ भयो मायाँ ।

चोखो मायाँ मारेर कौडिको पछि दौँडी
तिम्रा लागी जुत्ता फेर्ने पाऊ भयो मायाँ ।

बिज्नु सम्म बिझेपछि मुटुमा निलकाडाँ
देब्रे पट्टी दुखीरहने ठाँऊ भयो मायाँ । ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा