सहमतिमा सरकार र संविधान बन्ने भए एमाओवादी संविधानसभामा जाने

११ मंसिर २०७०, मंगलवार ०४:३६ मा प्रकाशित

काठमाडौ, १० मंसिर । एमाओवादीले मुलुकलाई फेरि सहमतिय राजनीतिलाई अघि बढाउने भए संविधानसभामा सहभागि हुने निर्णय गरेको छ । आज बसेको पार्टीको पूर्व पोलिटब्यूरो बैठकले सरकार निर्माण र संविधान निर्माणलाई समेत सहमतीको प्रक्रिया अनुसार अघि बढाउनु पर्नेमा जोड दिएका छन । बैठकले संविधान निर्माण प्रक्रियाबाट भने अलग नहुने निर्णय गरेको छ । बैठकमा प्रचण्डले अहिले नै शान्ति र संविधान निर्माणको प्रक्रियाबाट बाहिर जान सक्ने अवस्था नभएकोले सरकार र संविधान निर्माण प्रक्रियामा काग्रेस र एमाले सहमतिका साथ जाने प्र्रतिबद्धता ब्यक्त गरे संविधानसभामा जानु पर्ने तर्क गरेका थिए । पार्टीको हारमा केही आन्तरिक कारण भए पनि धाधली मुख्य कारण धाधली नै भएको समेत दावी गर्दै प्रचण्डले ठूलो पार्टी कमिटि, अस्तब्यस्त संगठन कारक तत्व भएको प्रचण्डले बताए । आजको बैठकले चुनावी धाधलीको प्रमाण संकलन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ समितिमा वर्षामान पुन, रामचन्द्र झा, खिमलाल देबकोटा, जनकलाल जोसी र रामनारायण विडारी रहेका छन । त्यस्तै उम्मेदवार र केन्द्रीय सदस्यहरुलाई आ आफ्नो क्षेत्र र जिल्ला पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्