नेपालको सम्पन्न संविधानसभा निर्वाचन विश्वभरका लागि सुखद खबर: अमेरिका

७ मंसिर २०७०, शुक्रबार ०६:३७ मा प्रकाशित

काठमाडौ, ६ मंसिर । संयुक्त राज्य अमेरिकाले यही मङ्सिर ४ गते सम्पन्न संविधानसभाको चुनाव नेपालका लागि मात्र नभई द्वन्द्वपछिको पुनःनिर्माण र संविधान तथा स्वदेशी माध्यमबाट विवाद समाधानतर्फ उन्मुख विश्वभरिका जनताका लागि एक उल्लेख्य उपलब्धि भएको जनाएको छ । संविधानसभा निर्वाचनलाई लिएर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका सञ्चार अधिकृतले बुधबार वासिङ्टन डिसीमा जारी गरेको वक्तव्यमा सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न भएकोमा नेपाली जनतालाई बधाइ दिइएको छ । वक्तव्यमा भनिएको छ, ‘यो चुनाव सन् २००६ मा सुरु भएको शान्ति प्रक्रियामा एक महत्वपूर्ण कदम हो, नेपाली जनताले वर्षौँ लामो गृहयुद्धको सामना गरे जसमा निर्दोष नागरिक हिंसात्मक अतिवाद र आतङ्कवादको पीडित बने, द्वन्द्वको अन्त्यपछि नेपालले नागरिक समाजको समर्थन र सहयोग, महिला तथा युवा सहभागिताको प्रवद्र्धन, र सम्पूर्ण नेपाली जनताका सपना र आकाङ्क्षालाई सहयोग पुर्याउने खालको बहुलवादी लोकतन्त्रतर्फ महत्वपूर्ण प्रगति हासिल गरेको छ ।’ ‘नेपालका नवनिर्वाचित नेताहरु अब संविधान बनाउने महत्वपूर्ण कार्यमा लाग्नेछन्’ संयुक्त राज्य अमेरिकाले शान्तिपूर्ण, समृद्ध, समावेशी तथा लोकतान्त्रिक पथतर्फ उन्मुख नेपालको प्रगतिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो