संविधानसभा निर्वाचन सम्पन्न, ७० प्रतिशतभन्दा बढी मत खस्यो

५ मंसिर २०७०, बुधबार ०२:२० मा प्रकाशित

काठमाडौं, ५ मंसिर । निर्वाचन आयोगले अहिलेको संविधानसभा निर्वाचनमा नेपालको इतिहासमै बढी मतदान भएको जनाएको छ । निर्वाचन सकिएपछि मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ७० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिनुभयो । साथै उहाँले निर्वाचन आयोगले निर्वाचन कुशलताका साथ सम्पन्न गरेको दावी गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचन आयोगले प्रयोग गरेको नयाँ प्रविधिका कारण निर्वाचनमा उत्साहजनक सहभागिता भएको बताउनुभयो । २४० निर्वाचन क्षेत्रमा बिहान ७ बजे सुरु भएको निर्वाचन ५ बजे सकिएको छ । १८ हजार चारसय ३८ मतदान केन्द्रबाट ५ सिलबन्दी गरी सम्बन्धित जिल्लाको सदरमुकाम ल्याउने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार सुगम जिल्लाको मतगणना आजैदेखि सुरु हुनेछ । संविधानसभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट २ सय ४०, समानुपातिक प्रणालीबाट ३ सय ३५ र राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्बाट मनोनयन हुने २६ जना गरी ६ सय १ सदस्य हुने संवैधानिक व्यवस्था छ । निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २१ दलका ६ हजार १ सय २८ र समानुपातिकतर्फ १ सय २२ दल दलका १० हजार ७ सय ९ गरी १६ हजार ८ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।