संबिधान सभा निर्बाचन, कतै एमाओबादिको बुथ क्याप्चर, कतै माओबादीको बितण्डा

४ मंसिर २०७०, मंगलवार १६:२३ मा प्रकाशित

काठमाडौ, ४ मंसिर । दैलेखको क्षेत्र न. २ को चामुण्डा गाविसस्थित हाराकोट क केन्द्रबाट नेकपा–माओवादी कार्यकर्ताहरुले मतपत्र लुटेर लगेका छन् । माओवादीले मतपत्र लुटेपछि केही बेर मतदान रोकिएर फेरि सुरु भएको छ । ४० वटा मत खसेपछि मतपत्र लुटिएको थियो । उनीहरुलाई रोक्न सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर गरेका थिए । त्यस्तै रोल्पाको लिवाङमा मत खसेको छैन । त्यहाँ मतदान भन्दा साह्रै कमले मात्रै मतदाता परिचय पत्र लिएका छन् । १२ जनाले मात्रै परिचय पत्र लिएका छन् । त्यो जनयूद्ध सुरु भएको एवम जनयूद्धको उर्वरभूमि हो । भक्तपुरको शारदउच्च माविको मतदान केन्द्रमा प्रतिनिधि विवादका कारण केही ढिला गरेर मतदान सुरु भएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष उम्मेदवार बनेको सिराहा क्षेत्र नम्बर ५ को तिन वटा मतदान केन्द्रमा एमाओवादीका कार्यकर्ताहरुले अरु दलका मतदाता र कार्यकर्ताहरुलाई मतदान गर्न दिएका छैनन । एमाओवादी कार्यकर्ताले बडाहामाल–६ स्थित निमावि भुल्किया मतदान केन्द्र, सोही गाविसको वडा ९ स्थित प्रावि मतदान केन्द्र र कल्याणपुर कलाबन्जरको जनता मावि मरेवा मतदान केन्द्रमा बिपक्षी पार्टीका रुपमा चिनिएकाहरुलाई भोट हाल्न अवरोध पुर्याएका हुन ।
राष्ट्रपति डा रामबरण यादवका छोरा डा चन्द्र मोहन यादवको गृह मतदान केन्द्र सपहीमा नेपाली काग्रेस र तराई मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरुवीच झडप भएको छ । झडपपछि सुरक्षाकर्मीले मतदान केन्द्रलाई नियन्त्रणमा लिएको छ ।
दोलखाको क्षेत्र नम्बर १ जुगु गाविस मतदान केन्द्रको बुथ एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरुले लुटेका छन् । उनीहरुले अरु पार्टीका कार्यकर्ता र बुथ लटाईको विरोध गर्ने मतदाताहरुलाई कुटपीट समेत गरेका छन । उनीहरुले आफूहरु बाहेक कसैलाई पनि मतदान गर्न नदिएको बताईएको छ ।
त्यस्तै एकिकृत नेकपा माओवादीका कार्यकर्ताले गोरखा जिल्लाको क्षेत्र नं १ को घैरुङ गाविस स्थित बास्कोट र घयाल्चोक गाविसमा रहेको मतदान केन्द्रमा मतदानका लागि बसेका मतदाताको परिचयपत्र खोसेर एक पक्षीय मतदान गरिरहेको समाचार प्राप्त भएको छ । एकिकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई उम्मेदवार रहेको सो क्षेत्रका ती मतदान केन्द्रमा मतदाताको परिचयपत्र खोसेर डा. भट्टराईका समर्थकहरुले एकपक्षीय रुपमा मतदान गरिरहेको नेपाली कांग्रेसका सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार किरणबाबु श्रेष्ठले जानकारी दिए । माओवादी कार्यकर्ताले एक पक्षीय रुपमा अन्य मतदाताका परिचय पत्र खोस्न लागेपछि भएको झडपमा दुई जना घाइते भएको बताइएको छ । प्रहरीले पनि एक पक्षीय रुपमा माओवादीलाई समर्थन गरिरहेको बताइएको छ । सञ्चारकर्मीहरुलाई पनि मतदान केन्द्रमा प्रवेश गर्न दिइएको छैन् । मतदानमा खटिएका कर्मचारीहरुको पनि मोवाइलसेट माओवादी कार्यकर्ताले नियन्त्रणमा लिएको बताइएको छ ।
त्यस्तै रौतहट क्षेत्र नम्बर ३ कोठिहाईमा बुथ कब्जाको विषयमा फोरम नेपाल र एमाओवादी कार्यकर्ताहरुवीच भिडन्त भएको छ । सो क्रममा स्थीति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।
आज विहान ८ बजे पर्सा क्षेत्र २ को नेशनल ट्रेडिङ रहेको मतदान केन्द्रमा वीरगञ्ज उपमहानगरपालिका १५ का ७३ बर्षीय गौरी शंकर मानन्धर भोट खसालेर बाहिरिंदैं गर्दा एक्कासी लडेर मृत्यु भएको छ । उनको उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बाराको गोलागञ्ज गाविसमा पनि एक जना वृद्धको मृत्यु भएको छ । गोलागञ्ज गाविस वडा नंम्बर १ सिम्रौनगढ निवासी ६५ बर्षिय दुल्ली मिया अन्सारीको मृत्यु भएको हो । संविधान सभाको निर्वाचनमा मतदान गर्न जाने तयारी गर्दैगर्दा उहाँको मृत्यु भएको परिवारजनले बताएका छन् । स्वास्थ्यमा खासै समस्या नभएपनि अन्सारीलाई रातिदेखि ज्वरो आएको थियो ।
नुवाकोटको तुप्चेमा रहेको चण्डेश्वरी मतदान केन्द्रमा एमाओवादीका एजेन्ट नै मतदाताको भोट खसालिरहेका छन्। एजेन्टले नै मत खसाली दिएपछि सर्वसाधारण मतदान गर्नबाट बञ्चित भएको गुनासो गरिरहेका छन्।
निर्वाचन क्षेत्र न.६ को धनकौलमा झडप भएको छ । कांग्रेस समर्थकले जवरस्ती मतपत्र खोसेर मत खसाल्न थालेपछि त्यहाँ तनाव उत्पन्न भएको हो । तमलोपा र तराई मधेस सदभावना पार्टीका गरी ४ जना घाइते भएका छन् ।

सर्लाहीको क्षेत्र नम्बर ६ अन्र्तगतको धनकौल(पश्चिम)को वडा न. ८ र ९ को मतदान केन्द्रमा कांग्रेस समर्थक पुगेर मत पत्र खोस्न थालेको त्यसको प्रतिवाद गर्नेलाई उनीहरुले कुटपिट गरेको बताइएको छ । तमलोपा कार्यकर्ता धनकौल-३ का शुभनारायण साह र तमसपाका धनकौल-१ का उपेन्द्र रायलाई बाँसको चिरपटको हानिएको छ भने तमसपाकै समर्थक धनकौल-१ का निभु राय र धनकौल-२ का रामविधि रायलाई
ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं २ स्थित सिंहदेवी हुलाचौर मतदान केन्द्रमा रहेका नेपाली कांग्रेसका बुथ एजेण्ट देवानन्द वाग्लेलाई नेकपा एमालेका कार्यकर्ता राजेन्द्र खड्काको नेतृत्वमा रहेको एक समूहले विहान अपहरण गरेको छ ।

एमाले कार्यकर्ता खड्का नेतृत्वको समूहले विहान ७ बजे मतदान केन्द्रबाटै अपहरण गरी लगेका सो क्षेत्रका उपसभापति समेत रहेका बुथ एजेण्ट वाग्लेलाई ४ घण्टापछि विहान ११ बजे सुरक्षाकर्मीको प्रयासमा अपहरणमुक्त गरिएको ओखलढुङ्गा २ का नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार रामहरि खतिवडाले जानकारी दिनुभयो ।

बुथ एजेण्टलाई छोडिदिएपनि एमाले कार्यकर्ताहरुले अन्य दलका कार्यकर्ताहरुलाई मतदान केन्द्रमा छिर्न नदिएर एकलौटीरुपमा मतदान गरिरहेको कांग्रेस उम्मेदवार खतिवडाले जानकारी दिनुभयो ।
यसैविच, पर्वतको क्षेत्र नम्बर २ अन्तर्गत ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा एकिकृत माओवादीका कार्यकर्ताले हो–हल्ला गरी मतदातालाई तर्साउन थालेपछि प्रहरीले ३ राउण्ड हवाईफायर गरेको छ । हवाईफाएर गरेपछि भएको भागदौडमा तीन जना घाइते भएका छन ।
घाइते हुनेहरुमा वडा नम्बर ८ का प्रेम लामिछाने, रवण लामिछाने र होमनाथ रहेका छन । घाइने तीनै जनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै दोलखाको ठूलोपातल मतदान केन्द्रमा आज भएको झडपमा एमालेका पूर्व सभासद शान्ति पाख्रिन घाइते हुनुभएको छ । पाख्रिन माथी खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले खकुरी प्रहार गर्ने ५ जनालाई सेनाले नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
एकिकृत माओवादी र कांग्रेस कार्यकर्ता मिलेर आफूमाथि आक्रमण गरेको पाख्रिनको आरोप छ ।
झडपपछि करिव २ घण्टा मतदान रोकिएको भएपनि मतदान पुनः सुचारु भएको प्रजिअले बताउनुभयो ।

यता काभ्रेको फलामेटार गाविस र डाँडागाउँ गाविसमा पनि एमाओवादीका कार्यकर्ताले अन्य पार्टीका कायर्कतालाई मतदान केन्द्रसम्म जान अवरोध गरेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल आबद्ध रहेका व्यापारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता के कति देशको हितमा छन भन्ने कुराको

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको