ओछ्यान तताएर फिल्म खेल्नु छैन: नम्रता सापकोटा

३ मंसिर २०७०, सोमबार ०५:५० मा प्रकाशित

नेपाली फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नम्रता सापकोटाले त्यसभन्दा अगाडि धेरै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी थिइन्। उनको अर्काे फिल्म ‘सिग्नेचर’ पनि चाँडै रिलिज हुने क्रममा छ। साल्सा डान्सरको रुपमा रुपमा समेत परिचित उनले अहिलेसम्म करिब ७० वटा म्युजिक भिडियोमा गरिसकेकी छिन्। रुपन्देहीमा जन्मिएकी यिनै अभिनेत्रीसँग गरेको कुराकानीको केही अंश:

अहिले जताततै चुनावले छोएको छ, तपार्इंलाई कत्तिको चुनाव लागेको छ त?

लागेकै छैन भन्दा पनि हुन्छ। काममै व्यस्त हुनुपरेकोले पनि यस्तो भएको हुनुपर्छ। अब फिल्मकै विभिन्न व्यक्तिहरु पनि चुनावमा होमिएको त थाहा पाएकी छु। फेरि मलाई राजनीतिमा त्यति इन्ट्रेस्ट पनि छैन। त्यसैले इन्ट्रेस्ट नभएको कुरामा म त्यति चासो पनि जनाउँदिन। अब चुनावमा भोट हाल्न चाँहि जानुपर्ला।

आजभोलि फिल्ममा काम गर्न छोडेको हो र?

त्यस्तो होइन। म्युजिक भिडियो र आफ्नै इभेन्टहरुमा व्यस्त छु। यो बीचमा दुईवटा स्त्रि्कप्ट आएका थिए तर ती फिल्ममा म आफै काम नगर्ने भएँ। ‘अन्तराल′ र ‘सिग्नेचर’ फिल्ममा मात्र मैले अभिनय गरेकी छु। ‘सिग्नेचर’ प्रदर्शनमा आउनेवालामा छ। फेरि अर्को एउटा फिल्मको कुरा पनि आइराखेको छ। शायद त्यो फिल्म गर्छु होला। कतिले त दुईवटा भन्दा अरु फिल्म नगरेको देखेर फिल्म नपाएको भन्ने हल्ला पनि चलाएछन्।

आफूलाई अभिनेत्री, मोडल वा साल्सा डान्सरमध्ये के भन्न रुचाउनुहुन्छ?

यो वा त्यो भन्दा पनि सबै पक्षमा चिनिन चाहन्छु। फेरि डान्स र एक्टिङ भन्ने कुरा आपसमा जोडिएका विषय भएकोले पनि मलाई अझै बढी सहज भएको छ। मलाई बाल्यकालदेखि नै स्कुल कलेजहरुमा डान्सकै माध्यमबाट चिन्थे तर कलाकारिता पनि मेरो रुचि हो। त्यसैले मलाई जुन रुपमा चिने पनि फरक पर्दैन।

नायिकाहरु ओछयान तताएर आउँछन् भन्ने व्यापक छ नि?

फिल्ममा धमाकेदार हिरो र हिरोइन बन्ने भूत चढेकाले आफ्नो उत्कट चाहनालाई पूरा गराउनका लागि यस्तो बाटो रोजेका हुन सक्छन्। तर यो बाटो पूर्ण रुपमा गलत हो। नबुझेका र हावाहुरीसँगै बहेर आएकाहरुले यस्तो गर्छन् जस्तो मलाई लाग्छ।

तपाईं आफैँले आफैलाई चाँहि कसरी लिनुहुन्छ?

म कसैसँग पनि झुक्दिन। अब कसैको ओछ्यान तताएर मलाई नायिका बन्नु पनि छैन र मेरो त्यो सपना पनि होइन। मेरो आफ्नै विजनेश छ म त्यताबाटै मज्जाले मेरो लाइफ चलाउन सक्छु। म मेरो करिअरका लागि कन्पि्कडेन्स छु। त्यसैले कसै–कसैले मलाई घमण्डी केटी पनि भन्छन्। मलाई मेरो आफ्नै बानी व्यहोरा मनपर्छ। म स्वार्थी पनि छु, खुब स्वार्थी। तर आफ्नै कामका लागि।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ