कांग्रेसले प्रत्यक्षतर्फ एक सय बिश सीट हाराहारीमा जित्ने मत सर्वेक्षण

३ मंसिर २०७०, सोमबार ०५:३७ मा प्रकाशित

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ झन्डै एक सय बिश सीट हाराहारीमा जित्ने दावी गरेको छ। अन्य पार्टी हावाको भरमा डेढ सय र दुई सयको सख्यामा सीट जित्ने दावी गरिरहँदा नेपाली काँग्रेसले भने तथ्यांक केलाएर एकसय ६ सीट जित्ने दावी गरेको छ। सोही अनुसार समानुपतिकमा पनि पहिलो पार्टीको रुपमा खडा हुने अनुमान गरेको छ। समानुपातिक निर्वाचन प्रणालीमा एक सय ५० सीट आउँदा मुलुकको पहिलो पार्टी बन्ने उसको दाबी छ। एमाले र एमाओवादी दोस्रो हुनका लागि लड्ने कांग्रेसको विश्लेषण छ। पछिल्लो राजनीतिक विश्लेशण हेर्ने हो भने देशभर नेपाली काँग्रेसको पक्षमा जनलहर देखिए पछि एमाओवादी र एमालेले दोश्रो हुने कसरतमा जुटेका छन्।
आन्तरिक रिपोर्टमा देशभर १ सय ३५ सिट जित्ने सम्भावना औंल्याइएको भए पनि अहिलेसम्म १ सय पाँच सिटमात्र सुनिश्चित भएको कांग्रेसको ठहर छ। ”हामी निकै कर्म्फट महसुस गरिरहेका छौं” एक नेताले विकल्पसंग भने– संगठनको रिपोर्टमा १ सय ३५ सिट भन्ने छ। तर, अहिलेसम्म एक सय पाँच सिट जित्ने देखिएको छ। सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेको कांग्रेसका शीर्ष नेताहरु प्नि सबै चुनावी मैदानमा जित्ने निश्चित भएको छ। अघिल्लो चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ३७ सिट जितेको थियो। सभापति सुशील कोइराला वरिष्ठ नेता शेरबहादुर देउवा, र उपसभापति रामचन्द्र पौडेललगायत नेताहरु पूर्णरुपमा सुरीक्षत रहेको कांग्रेसको स्रोतको भनाइ छ। कोइरालालाई चितवन ४ मा पौडेललाई तनहुँ २ मा केहि बागी उठेको भएपनि उनिहरुले प्रभाव खासै नपरेको बताईन्छ। यद्यपि बाँके ३ र चितवन ४ दुवै क्षेत्रमा कोईराला सुरक्षित देखिनुभएको एक सर्वेक्षणले पनि बताइसकेको छ।
प्रत्यक्षको अनुपातमा समानुपातिकमा पनि नेपाली काँग्रेसको भोट बढ्ने कांग्रेसको मूल्यांकन छ। विगतमा मधेशमा खेर गएको सबैजसो सीटमा यसपाला नेपाली काँग्रेसले हात पार्ने सम्भावना बढेर गएको छ। यद्यपि अशोक राई नेतृत्वको संघीय समाजवादीले धेरैजसो स्थानमा भोट कटाउने अनुमान आइरहेको छ। उता काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये यसपटक आठवटामा जित हासिल गर्ने नेपाली काँग्रेसको दावी छ। अघिल्लो निर्वाचनमा कांग्रेसले काठमाडौंमा ६ वटा सिट जितेको थियो। यद्यपि यसपटकको माहोल अन्य जिल्लाहरुमा भन्दा काठमाडौंमा बढी देखिएको छ।
अघिल्लो निर्वाचनमा एक सिट पनि नजितेको ललितपुर र भक्तपुरमा पनि यसपटक माहौल राम्रो भएको छ। ललितपुरमा पनि यसपटक नेपाली काँग्रेसले दुई क्षेत्र जित्ने दावी गरिएको छ। काठमाण्डौ उपत्यकाका १५ सिटमध्ये ९ देखि १० सिट जित्ने कांग्रेसको निष्कर्ष रहेको छ। नेपाली कांग्रेसले दोस्रो पार्टीका लागि एमाओवादी र एमालेबीच प्रतिस्पर्धा हुने अनुमान गरेको छ। एमाओवादीको प्रत्यक्षमा ६० आसपास र एमालेको ६२ देखि ७० सिटसम्म आउने कांग्रेसको बुझाइ छ। तर, समानुपातिकमा १ सय आसपास सिट आउँदा एमाओवादी दोस्रो बन्न सक्ने कांग्रेसको आन्तरिक मूल्यांकन छ।
कांग्रेसले चौथो पार्टीका लागि कमल थापाको राप्रपा नेपाल, मधेशी र अशोक राईको संघीय समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ। प्रत्यक्षमा त उनीहरुको के कसो हुन्छ भन्न सकिन्न तर, समानुपातिकमा अवस्था राम्रै देखिएको छ। मधेसवादी दलहरुको प्रत्यक्षमा निकै कम सिट आउने तर, समानुपातिकमा मत बढ्ने कांग्रेसको बुझाइ छ। मधेशवादीका शीर्ष नेताहरु बाहेक अन्य नेताहरु यस पटक मधेशमा कोही पनि जित्ने अवस्थामा नरहेको एक सर्वेक्षणले देखाएको छ। तसर्थ एमाओवादी र एमालेले जतिसुकै झूठा प्रचारवाजी गर्दै हिँडे पनि यसपटक कांग्रेसको नाराले नेपाली जनतालाई आकर्षित गरेकै छ। त्यसैले यसपटक कांग्रेसको बहुमत आउने एक सर्वेक्षणले देखाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा । गण्डकी प्रदेशसभाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा गरिएको मुख्यमन्त्रीको नियुक्ति

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । काठमाडौँ प्रशासनले कोभिड–१९ सङ्क्रमण तीव्र्र फैलिरहेको अवस्थामा सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ ।