एमाओवादीको कुटाइबाट कांग्रेसका चार कार्यकर्ता घाइते

१ मंसिर २०७०, शनिबार १०:४७ मा प्रकाशित

नुवाकोट, १ मंसिर । नुवाकोटको क्षेत्र नं २ को लच्याङ्मा एमाओवादीका कार्यकर्ताको कुटाइबाट चार जना काँग्रेस कार्यकर्ता घाइते भएका छन् । बिहीबार राति १० बजे घरमै आएर काँग्रेस कार्यकर्तालाई कुटपिट गरेका थिए । कुटपिटबाट लच्याङ–७ स्यामराङका इन्द्रबहादुर तामाङ, टङ्कबहादुर तामाङ, भोजमान तामाङ र भक्तबहादुर गोले घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ । घाइतेहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै गणेश तामाङ, बीरबहादुर तामाङलगायत विरुद्ध जाहेरी दर्ता गराएका छन् । एमाओवादी नुवाकोटले भने सो घटनामा आफ्नो पार्टीको संलग्नता नभएको जनाएको छ । स्मरण रहोस अघिल्लो संबिधान सभा निर्बाचनमा एमाओवादीले लच्याङ् मतदान केन्द्रमा बुथ क्याप्चर गरेको आरोप लागेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे