पूर्व अमेरिकी राष्ट्रपति कार्टर काठमाडौ आइपुगे

२९ कार्तिक २०७०, शुक्रबार १०:२९ मा प्रकाशित

काठमाडौ, १ मंसिर । संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर लागि शनिबार काठमाडौ आइपुगेका छन् । यस अघिको पहिलो संविधानसभा निर्वाचनको समेत पर्यवेक्षण गरेका पूर्व अमेरिकी राष्ट्रपति कार्टरले साता ब्यापी आफ्नो भ्रमणका क्रममा राष्ट्रपति रामवरण यादव, मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायतलाई भेट्ने औपचारिक कार्यक्रम रहेको छ । पूर्व अमेरिकी राष्ट्रपति कार्टरको संविधानसभा निर्वाचनको पर्यवेक्षण समुहमा थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री सुरकियत साथीयन्थाई समेत रहेका छन् । उनको समुहले संविधानसभा निर्वाचनको दिन राजधानीका केही मतदान केन्द्रमा पर्यवेक्षण गर्नेछ यस अघि गएको मार्चमा समेत नेपाल भ्रमण गरेका कार्टरको पहिलो समिबधन सभा पछिको अभिव्यक्तिलाई लिएर तिब्र आलोचना भएको थियो । यस पटक संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्ने अनुमति पाउने अन्तराष्ट्रिय संग संस्थाहरुमा युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन (ईयू ईओएम) अन्तर्गत ८३ जना पर्यवेक्षकहरू भने देशभर परिचालन भइसकेका छन् । क्षेत्रीय पर्यवेक्षक ल्याउने जिम्मा पाएको एसिया नेटवर्क अफ फ्री इलेक्सन्स (एन्फेल) ले ५४ जना पर्यवेक्षकका लागि अनुमति पाएको छ । यसपालि निर्वाचन आयोगबाट स्वदेशी तथा विदेशी संस्थाले ७४ हजारभन्दा बढी पर्यवेक्षक खटाउन स्वीकृति लिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप