सिरियाको विपक्षी गठबन्धन सरकारसँग वार्ताको लागि तयार

२८ कार्तिक २०७०, बिहीबार ०२:०२ मा प्रकाशित

काठमाडौ, २७ कार्तिक । सिरियामा जारी गृहयुद्ध अन्त्यका लागि त्यहाँका प्रमुख बिपक्षी दलहरुको गठबन्धनले सरकारसँग विभिन्न सर्त राख्दै वार्ताका लागि तयार भएको छ । गठबन्धनले सरकारले प्रतिबन्ध लगाएका विभिन्न क्षेत्रमा राहतकर्मी जान पाउनु पर्ने र राजनीतिक बन्दीहरुलाई रिहा गरे आँफुहरु वार्तामा बस्न तयार भएको जनाएको हो । तर, सिरियाली राष्ट्रपति बसर अल असादले भने संयुक्त राष्ट्रसंघ तथा अमेरिका र रुसको मध्यस्थतामा जेनेभामा गर्न लागिएको उक्त वार्तामा बस्न आँफुले कुनै पनि शर्त स्वीकार नगर्ने बताएका छन् । मध्यस्थता गरिरहेका देशहरुले यसै नोभेम्बरको अन्तसम्मा सिरियाले बिपक्षीसंग शान्ति वार्ता गर्नु पर्ने बताउदै आएका छन् । केहि समय अगाडी टर्कीको स्तानबुलमा भएको बिपक्षी गठबन्धनको बैठक पछि गठबन्धनका प्रमुख नेता मोन्जर अजबिकले एक बिज्ञप्ती जारी गर्दै राजनीतिक परिवर्तनका लागि बशर अल असाद सत्ताबाट हट्नै पर्ने बताएका थिए । तर असादले भने बिपक्षी निशर्त बार्तामा बस्ने भएमात्रै सरकार बार्ताका लागि तयार हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा