प्रचण्ड र हिसिलाको सम्पत्तिमा विश्वकै आँखा

२७ कार्तिक २०७०, बुधबार ०२:२६ मा प्रकाशित

काठमाडौं, २६ कार्तिक । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले एशियाकै धनाढ्यको जीवनशैली अपनाइरहेको र त्यही पार्टीकी नेतृ हिसिला यमी नेपालकै सबैभन्दा भ्रष्ट महिला भएको अलग अलग समाचार सार्वजनिक भएका छन्। यी समाचार नेपालका संचारमाध्यमले वा एमाओवादी बिरोधीहरूले प्रवाह गरेका भने होइनन्। विश्वकै चर्चित र तथ्यमा आधारित समाचार तथा बिचार प्रवाह गर्ने भनेर चर्चित अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको टेलिग्राफ पत्रिकाले लामो अध्ययन, अनुसन्धान र प्रमाणपछि यो तथ्य खुलासा गरेका हुन्। यसबाट एमाओवादी अध्यक्ष प्रचण्डमाथि लागेको अरबौं रुपैयाँ भ्रष्टाचार तथा बिलासिताको आरोपमात्र पुष्टि भएको छैन, बाबुराम भट्टराई पत्नी हिसिला यमी दक्षिण एशियाकै भ्रष्ट महिलाको सूचीमा चढेको चर्चाले पनि सत्यता पाएको छ। करीव एक साताको नेपाल बसाइ र बिभिन्न व्यक्ति तथा संस्थाहरूसँगको छलफल तथा अध्ययनपछि न्युयोर्क टाइम्सका संवाददाताले हिसिला यमी नेपालकै भ्रष्ट महिलामा परेको प्रष्ट पारेको छ। न्युयोर्क टाम्इसका गार्डिनर ह्यारिसले हालै नेपाल सन्दर्भमा लेखेको विश्लेषणमूलक समाचारमा हिसिला यमी स्वयंले आफू नेपालकै भ्रष्ट महिला भएको आरोप लागेको र जनतालाई खण्डन गर्दा पनि नपत्याएको स्वीकार गरेकी छन्। उनले विगतमा आफूहरूले धम्क्याएर, लुटेर तथा जबर्जस्ती गरेर पैसा उठाएको भए पनि अहिले त्यो अवस्था नरहेको र आफूहरूले पैसा नउठाएको दावी गरेकी छन्। नेपालकी पूर्व प्रथम महिला हिसिला यमीमाथि दक्षिण एशियाकै भ्रष्ट महिलाको आरोप लागिरहेको सन्दर्भमा न्युयोर्क टाइम्सले उनैलाई सोधेको रहेछ। यमी मन्छिन् ‘तपाईहरूले अखबरहरू हेर्नुभयो होला, मान्छेहरूसँग कुरा गर्नुभयो होला मलाई नेपालकै भ्रष्ट महिला भन्छन्। मैले त्यसो होइन भनेर जनतालाई भन्दा पनि उनीहरू पत्याउँदैनन्’। त्यसो त यमीलाई काठमाडौं ७ का मतदाताले भोट माग्न जाने क्रममा भ्रष्टाचारी भनेर दुत्कारेपछि उनले कान समातेर माफी समेत मागेको फोटो नै सार्वजनिक भएको छ।हिसिला यमीले आफू मन्त्री हँुदा भन्दा पति बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा करोडौं रकम जम्मा गरेको आरोप लाग्ने गरेकेा छ। प्रहरी हवल्दार सरुवा गर्दा समेत घुस लिएकोदेखि प्रहरीका ठूला हाकिमको सरुवा बढुवामा करोडसम्म असुलेको आरोप उनीमाथि छ। त्यतिमात्र होइन बिभिन्न संस्थानका हाकिम नियुक्तिमा पनि उनले लाखौं रुपैयाँ असुलेको र पैसा बिना कार्यकर्ताको कामसमेत नभएको भनेर त्यतिबेलै एमाओवादीमा चर्को कुरा उठेको थियो। यही बिषयलाई न्युयोर्क टाइम्सले पनि अनुन्सधानको दायरामा राखेको थियो। हालै केही नेपाली संचारमाध्यमले हिसिलालाई दक्षिण एशियाकै भ्रष्ट महिलाको सूचीमा राखेपछि उनको चर्चा चुलिएको हो। तर हिसिलाको स्पष्टीकरण भने यस्तो रहेछ ‘मान्छेहरू मलाई भ्रष्ट भन्छन्, मसँग करोडौं रुपैयाँ छ, कार र बंगला छन् भनेर सोच्छन्। मैले मेरो पति प्रधानमन्त्री हुँदा सघाएकी हुँ तर मान्छेहरूले पैसा उठाई भने।’
उता दि टेलिग्राफले प्रचण्डको जीवनशैली खरबपतिको जस्तो भन्दै विशेष आलेख छापेको छ। उनको जीवनशैलीका बारेमा पार्टीभित्रै पनि पटक पटक प्रश्न उठेपछि छानबिन समिति समेत बनेको थियो। तर प्रचण्डकै पूर्व सम्धीको नेतृत्वको छानबिन समिति त्यत्तिकै बिलीन भएको धेरै भइसक्यो। टेलिग्राफमा डीन नेल्सन लेख्छन् ‘पुष्पकमल दाहाल प्रचण्ड, जो कुनै समय नेपालका राजनीतिक र फौजी सम्भ्रान्तहरूको मुटुमा ढ्यांग्रो ठोक्ने हैसियत राख्थे अहिले तिनै नेता खरबपतिका जस्तो शाही खानदानी जीवनशैली अपनाइरहेका छन्। काठमाडौंको लाजिम्पाटमा रहेको रातो ईंटाको बिलासी घरमा उनी बस्छन्, जहाँ उनका छिमेकी बनेका छन् उनकै पूर्व वर्ग शत्रु जनरल शान्तकुमार मल्ल। अवकाशप्राप्त जनरल मल्ल पूर्वराजा वीरेन्द्रका सैन्य सल्लाहकार हुन्। प्रचण्ड बस्ने घरको कम्पाउण्डभित्र १५ वटा स्वीट रुम, अफिस र पारिवारिक आवासगृह मात्र छैन दशवटा कार अट्ने पार्किङ छ। त्यहीँभित्र ब्याडमिन्टन कोर्ट पनि छ। परिवारका अनुसार त्यो भवन प्रतिमहिना आठसय डलरमा भाडामा लिइएको छ। जुन रकम नेपालीहरूको औसत मासिक कमाई २ सय डलरको चौबर हो।’ यद्यपि त्यो भवन प्रचण्डले किनिसकेको बताइएको छ। त्यसो त श्रीमती सीताको हातमा दुई तोलाभन्दा माथिका सुनका बालाको चर्चा पनि भइरहेको छ। बिलासिता र राम रौसमा प्रचण्डका छोराछोरी पनि कम छैनन्। उनका छोराका तीनवटी श्रीमती मध्ये दुईटी अझै उनैसँग छन्। त्यस्तै कान्छी छोरीले पनि दुईटा श्रीमान बनाइसकेकी छिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका

काठमाडौं । नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । आज बसेको पदाधिकारी बैठकले साउन १२ गते हुने

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको