बन्द अवज्ञा गर्दै सवारी साधन चलाउने नीजि क्षेत्रको घोषणा

२७ कार्तिक २०७०, बुधबार ०२:१५ मा प्रकाशित

काठमाडौ, २६ कार्तिक । यातायात, पर्यटक, उद्योग ब्यवसायलगायतका नीजि क्षेत्रका प्रतिनिधिहरुले बुधवारबाट नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले आब्हान गरेको बन्दको अवज्ञा गर्दै सवारी साधन सुचारु रुपमा चलाउने घोषणा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले बुधवार देखि पूर्ववत रुपमा यातायात सुचारु हुने घोषणा गर्दै विगतका बन्दमा भएको क्षतीपूर्ति समयमै नपाउँदा यातायात ब्यवसायीहरु अन्यौलमा रहेकोले सवारी साधन चल्न नसकेको बताए । सिटौलाले यातायात ब्यवसायीहरु सधै बन्दको विरोधी भए पनि सुरक्षाको अभावको कारण साधन चलाउन नसकिएको उल्लेख गर्दै सरकारसँग आज क्षतीपूर्ति, उपचार र विमा लगायतको विषयमा सहमति बनेकोले अब सुचारु गर्ने र त्यसको लागि बातावरण निर्माण गर्न आब्हान गरे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सचिव शम्भुप्रसाद नेपालले सरकारले सुरक्षा, क्षतीपूर्ति र उपचारको विषयमा प्रतिबद्धता ब्यक्त गरेकोले बुधवारबाट सवारी साधन सुचारु हुने बताए । उनले ऐतिहासिक संविधानसभाको निर्वाचनको मुखमा बन्द गर्नु जनताप्रतिको घात भएको आरोप लगाउँदै सरकारलाई यातायात सुचारु गर्न सुरक्षाको पूर्ण प्रत्याभुति गर्न आग्रह गरे । नेपालले आफूहरु बन्दको विरोधी भएको र देशको विकासको लागि बन्द सदाको लागि बन्द गर्नु पर्ने भन्दै जनताको नाममा राजनीति गर्ने दलहरुले जनताको पीडा भुलेर आफ्नो स्वार्थमा बन्द गर्न नहुने सुझाव दिए । अखिल नेपाल यातायात मजदुर संघका महासचिव राजेन्द्र शर्माले राजनीतिक समस्या राजनीतिक रुपमा समाधान गर्न तर्फ लाग्नुको साटो जनतालाई दुख दिने गरी बन्द गर्नु निन्दनीय भएको भन्दै बन्द फिर्ता लिएर संविधानसभाको निर्वाचनलाई सफल बनाउन आग्रह गरे । उनले सबैलाई यातायात सुचारु गर्न आब्हान गर्नै बन्दकै कारण निर्वाचन विथोलिए माओवादी कलंकीत बन्ने चेतावनी दिए । नेपाल यातायात मजदुर संघका क्षेत्रीय अध्यक्ष जगन्नाथ गौतमले संविधानसभाको निर्वाचनको मुखमा कुनै पनि किसिमको बन्द हुन नहुने भन्दै सरकारसँग आज सहमति भएकोले भोलीबाट यातायात सुचारु हुने बताए । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डेले कुनै पनि बन्द राष्ट्रको लागि घात भएको भन्दै अब बन्द नगर्ने प्रतिबद्धता ब्यक्त गर्ने दललाई मात्रै मत दिन सबैसँग आग्रह गरे । उनले ७० प्रतिसत उद्योग सञ्चालित अवस्थामा रहे पनि यातायात सुचारु नहुँदा उत्पादन बाहिर पुर्याउन नसकिने र मजदुरहरुसमेत आउन नसक्ने भएकोले समस्यामा रहेको सुनाए । बन्दले मुलुकको समृद्धि रोकिने भएकोले यसको सबैले विरोध गर्नु पर्ने भन्दै राज्यले सुरक्षाको प्रत्याभुति दिएर सवारी साधन सुचारु गर्नु पर्नेमा पाण्डेले जोड दिए । मानिसमा डर र त्रास रहेकोले सबै खाले बन्द सफल हुने गरेको सुनाउँदै डर र त्रास छाडे कसैले पनि नेपालमा बन्द गर्न नसक्ने दावी गरे । उनले राष्ट्र गंभिर मोडमा रहेको अवस्थमा यस्ता क्रियाकलापले अर्थतन्त्र समेत अप्ठ्यारो अवस्थामा पुगेको गुनासो गरे । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेश बस्नेतले यातायात बन्दले गर्दा उत्पादित सामग्रीहरु बजारमा जान नसक्दा उद्योगीहरु समस्यामा रहेको भन्दै सरकारले शान्ति सुरक्षाको प्रत्याभुति गरेर बन्द खुलाउनु पर्ने बताए । उनले १० दिनको बन्दले राष्ट्रलाई ३० अरव घाटा हुने जानकारी दिदै यस्तै अवस्था कायम रहने हो भने नेपालका उद्योगी ब्यवसायीहरु चल्न नसक्ने ठोकुवा गरे । बस्नेतले सरकारलाई सुरक्षा र क्षतीपूर्तिको ब्यवस्था प्रभावकारी बनाउन आग्रह गर्दै बन्द कर्तासँग पनि तत्काल बार्तामा बसेर बन्द फिर्ताको पहल गर्नु पर्ने बताए । उनले भने–सबैको भविष्य जोडिएको विषय संविधानसभाको निर्वाचन भएकोले यस विषयलाई नजरअन्दाज नगर्न आब्हान समेत गरे । टुरिष्ट गाईड एसोसिएसन अफ नेपालका अध्यक्ष हरेराम बरालले अहिले पर्यटन आउने पिक सिजन भएकोले पर्यटन ब्यवसायीहरुले यस्ता बन्दको अवज्ञा गर्नु पर्ने भन्दै अन्यथा नेपालको पर्यटन क्षेत्र ध्वस्त हुने चेतावनी दिए । अहिलेको बन्दका कारण नेपाल आउन बुक गरेका धेरै टुरिष्टहरुले बुकिङ रद्द गरेको जानकारी दिदै यसका कारण ५० प्रतिसत टुर गाईड र ५० प्रतिसत होटलहरु खाली भएको उनले बताए । अब बन्ने संविधानमै नेपाल बन्द गर्न नपाईने विषय उल्लेख हुनु पर्नेमा जोड दिदै पर्यटकमाथि आक्रमण भए त्यसले नेपालकै छविमा नकारात्मक असर पर्ने तर्फ सचेत गराए । नेपाल ट्रेड फरवार्ड एसोसिएसनका कोषाध्यक्ष राजेन्द्र संग्रौलाले बन्दका कारण अहिले विगजञ्जमा मात्रै ३०० बढी कन्टेनर थन्किएर बसेको, निर्यात सुन्य भएकोले यसको कारण उत्पन्न महंगीको भार उपभोक्ताले ब्यहोर्नु परेको भन्दै दलहरुलाई सहमतिका साथ अघि बढेर बन्द सदाकालागि बन्द गराउन आब्हान गरे । उनले त्यसै त निर्यात कम रहेको नेपाल जस्तो मुलुकमा यस्ता बन्दले निर्यात अझै घटदा निर्यात ब्यापारमै दिर्घकालिन असर पर्ने चेतावनी दिए । पर्यटन बोर्डका सरद प्रधानले बन्दले गर्दा नयाँ बुक गरेका ४० प्रतिसत पर्यटकको बुकिङ क्यान्सिल हुने सम्भावना ब्यक्त गर्दै यसको प्रभाव पोखरा र सौराहाका होटलहरुमा देख्न थालिसकिएको बताए । उनले नेपाल आएका पर्यटकहरुसमेत गन्तब्यमा जान नसक्दा काठमाडौमै अलपत्र परेको भन्दै बन्दले सिजनको बेला पर्यटन क्षेत्रलाई गंभिर असर पारेको गुनासो गरे । उनले पर्यटक माथि आक्रमण भए त्यसले देशकै छविमा गंभिर असर पर्ने भन्दै त्यस तर्फ सचेत रहन दलहरुसँग आग्रह समेत गरे । ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलियाले यस्तो बन्द जारी रहे अवज्ञा गर्ने चेतावनी दिदै राज्य पक्ष र दलहरु बसेर यस्ता विषयहरुमा सहमति खोज्नु पर्ने बताए । उनले बन्दको असर पर्यटकको बुकिङमा असर पर्न थालिसकेको जानकारी दिदै पर्यटन ब्यवसायीहरुको ईश्यू र मार्कालाई राज्यले बेवास्ता गरेको आरोप लगाए । थपलियाले दलहरुले बन्द गरेर ब्यवसायीहरु सँग चन्दा मात्रै मागिरहेको गुनासो गर्दै तत्काल सवारी साधन सुचारु गरेर पर्यटन क्षेत्रको विकासमा अवरोध नगर्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोना विरूद्धको ८ करोड डोज खोप दिने घोषणा

नयाँदिल्ली । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको