संविधानसभा निर्वाचनको चार दिन सार्वजनिक बिदा

२६ कार्तिक २०७०, मंगलवार ०२:२४ मा प्रकाशित

काठमाडौ, २६ कार्तिक । सरकारले संविधानसभा निर्वाचनको मूख्य अवधिको चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले मंसिर २ देखि संविधानसभा निर्वाचनको भोलिपल्ट ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले अत्यावश्यक सेवाका हकमा भने मंसिर ४ र ५ गते दुई दिन मात्र बिदा गर्ने निर्णय गरेको छ । मंसिर १ गते शनिबार परेकाले यस पटक लगातार पाँच दिनकै बिदा सरकारी तथा संस्थानका कर्मचारीहरूले चुनावका अवसरमा पाएका छन् । पहिलो संविधानसभा निर्वाचनमा पाँच दिन सार्वजनिक बिदा दिइएको थियो । अत्यावश्यक सेवाका कर्मचारीहरूलाई त्यतिबेला तीन दिन बिदा दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न