उध्रेको चोलीले तहल्का

२६ कार्तिक २०७०, मंगलवार ०२:१६ मा प्रकाशित

धनगढी । उध्रेको चोली.. गाएर थुप्रै विदेशी स्टेज तताइसक्नुभएकी गायिका इन्दिरा जोशीले धनगढीका दर्शकलाई पनि खुवै नचाउनु भएको छ । इन्दिराको विशेषता पनि हो कि, गीत गाउँदै गर्दा दर्शकलाई स्टेजमा नै आएर नाच्न हौस्याउनु । धनगढीको पार्कमोडमा आयोजित कार्यक्रममा इन्दिराले ‘उध्रेको चोली …’ गाउँदै नायिका सुष्मा कार्कीकै स्टाईलमा डान्स समेत गर्नुभएको थियो । इन्दिराको डान्ससंगै दर्शक पनि मञ्चमा नै पुगेर साथ दिएका थिए । गायिका जोशीले चौबन्दी चोली अनि रातो घाँघर…पनि गाउनुभएको थियो । सो अवसरमा यम बुद्ध, गोपाल नेपाल (फिस्टे), नरेन लिम्बु र नम्रता सापकोटाको पनि प्रस्तुती दिनुभएको थियो । गायक यम बुद्धको ¥यापले पनि दर्शक तताएको थियो । हास्य कलाकार गोपाल नेपाल (फिस्टे) ले हास्यब्यङ्ग्य प्रस्तुत गरेर दर्शकहरुको मन जित्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना जोखिमको बिचमा आयोजना हुन लागेको सुप्रानेशनल पेजेन्टको १२ औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गर्दै मिस नेपाल सुप्रानेशनल २०२० सिमल

काठमाडौं । कलाकार दिपक मैथाने मगरले जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारो स्थित

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलत्रिका विभिन्न विधामा आठ पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले आज ‘चौथो नेपाल

चिनियाँ प्रहरीले एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आशङ्कामा गिरफ्तार गरेको जनाएको छ । यसै महिनाको सुरुमा