क्षेत्रि समाज बेल्जियमद्दारा नयाँ बर्ष २०६९ को भव्य स्वागत

३ बैशाख २०६९, आईतवार १९:३० मा प्रकाशित

दिपक सुबेदी, बेल्जियम । नेपाली नयां बर्ष २०६९ को अवसरमा क्षेत्रि समाज बेल्जियमले २०६८ लाई विदाइ एवम नयाँ वर्ष २०६९ लाई स्वागत गर्दै शुभकामना आदान प्रदान एवम सांगितिक कार्यक्रमको आयोजना गरी शुक्रवार भव्य रुपमा मनाएको छ । नव बर्ष कै दिन पारेर बैशाख १ गते लुवेनको ओन्स हाउसमा आयोजना गरिएको उक्त कार्यक्रममा शुभकामना आदानप्रदानसंगै विविध सास्कृतिक एवम मनोरन्जनात्मक कार्यक्रमहरुका साथ बेल्जियमबासी नेपालीहरु एकआपसमा मिलिजुली मनाए ।

प्रवासमा पनि आफ्नो रितीरिवाज, परम्परा, संस्कृति एवम भेस-भुसामा बढो रमाइलो बातावरण विच नेपाली नयां वर्षलाई नयां जोश र नयां उमंगका साथ सांगीतिक माहौलमा स्वागत गर्दै शुभकामना आदान प्रदान व्यक्त गरी मनाउन पाउनुले कार्यक्रमको प्रशंशा सबैले गरे । समाजका अध्यक्ष ओम थापाको सभापतित्वमा संपन्न उक्त कार्यक्रमको समुद्घाटन दिप प्रज्वलन गरी गर्नुभएका नेपाली दुताबास बेल्जियमका कार्यवाहक राजदुत कुमार राज खेरेलले बेल्जियम लगायत विश्वभर छरिएर रहनु भएका समस्त नेपाली हरुमा नयाँ बर्ष २०६९ को शुभकामना व्यक्त गर्नुभयो । उहाले प्रवासमा रहेर पनि नेपालीहरु एकआपसमा मिलेर यसरी नेपाली चाड पर्वहरु मनाइनु निकै नै खुशीको कुरा भएको जनाउदै, आफ्नो भाषा, कला र सस्कृतीको जगेर्नामा सबै मिलेर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रमको विशेस अतिथी एनआरएन बेल्जियम अध्यक्ष श्रीमती जानकी गुरुङले क्षेत्रि समाज बेल्जियमलाई विशेस धन्यदाद दिदै संपूर्ण नेपाली हरुमा नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो । जाती विशेस समाज खोलिनु कदापी नराम्रो होइन भन्दै आफुले पनि तमु समाज बेल्जियमको निर्माण गरेको र हालसम्ममा तमु समाजले आफ्नो भाषा, सस्कृति र कलाको जगेर्ना एवम समाज सेवामा गर्दै आएको योगदानको कदर गर्दै क्षेत्रि समाज बेल्जियमले पनि भावी दिनहरुमा समाज सेवा र भाषा, सस्कृति एवम कलाको जगेर्नामा अघी बढ्ने आशा व्यक्त गर्नुभयो । प्रथम चरणको कार्यक्रम समापन गर्दै समाजका अध्यक्ष ओम थापाले नयाँ बर्ष २०६९ को मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपाली नयाँ बर्ष समस्त नेपालीको रास्ट्रिय चाड भएकाले सामुहिक रुपमा आयोजित नयाँ बर्ष विशेस कार्यक्रममा सबै संघ सस्था एवम समुदायहरुले आफ्नो चाडका रुपमा लिएर सहभागिता जनाउनु पर्नेमा जोड दिनुभयो ।

नेपाली दुताबास बेल्जियम एवम एनआरएन बेल्जियमले सबै संघ सस्थाहरु लाई एकजुट बनाएर हरेक चाड पर्वहरु एकआपसमा मिलेर मनाउन सकियो भने प्रवासमा रहेर नेपाली कला, सस्कृति, भाषा भेसभुसाको जगेर्ना एवम प्रवर्दन गर्नमा थप मद्दत मिल्ने बताउनु भयो । कार्यक्रममा एनआरएन बेल्जियमका आइसिसी सदस्यहरु रविन्द्रमान श्रेष्ठ, पिजी शेर्पा, अर्जुन कुमार श्रेष्ठ, शेर्पा समाजका अध्यक्ष सोनाम लामा, नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष हरी थपालिया, युरोनेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष पदम गुरुङ, रा.प्र.पा बेल्जियमका सस्थापक अध्यक्ष राजन बस्नेत लगायत बेल्जियम स्थित अन्य नेपाली संघ सस्था एवम तमाङ, मगर, गुरुङ एव अन्य बिभिन्न समुदायका व्यक्तीहरुको विशेस उपस्थिती रहेको थियो ।

क्षेत्रि समाज बेल्जियमका जेष्ठ नागरिक ज्ञान बहादुर केसी , कावा राजदुत खरेल, एनआरएन अध्यक्ष जानकी गुरुङ लगायत आमन्त्रित अतिथीहरु एवम समाजलाई बिविध क्षेत्रमा सहयोग गर्ने व्यक्ती तथा समाजका प्रतिनिधिहरुलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । कार्यक्रममा एन्त्रोपेन, लुवेन लगायतका नेपाली बालबालिकाहरुले न्रित्य एव कला प्रस्तुत गर्नुका साथै गीत संगित प्रस्तुत गरेका थिए भने युरोनेपाल कलाकार संघ कलाकारहरुले लोक दोहोरी कार्यक्रम प्रस्तुत गरेका थिए । एन्त्रोपेनबाट कलाकार बालबालिकाहरु लाई लिएर आइ सांगेतिक माहोल थप मनोरन्जन प्रदान गर्नुभएकोमा नेपाली भाषा कक्षा संचालिका सोफिया महर्जनलाई विशेस धन्यवाद दिदै दोसल्ला ओडाइ सम्मान गरिएको थियो भने युरोनेपाल कलाकार संघका न्रित्य निर्देशक टेक लामालाई पनि खादा ओडाइ सम्मान गरिएको थियो ।
साथै क्षेत्रि समाजका खड्ग केसी द्वारा न्रित्य एव गीत संगित प्रस्तुत गर्ने बालबालिकाहरुलाई उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रमको शुरुवात चरण गोविन्द सिंह अधिकारिले संचालन गर्नु भएको थियो सांगितिक कार्यक्रमको पहिलो चरण सोफिया कार्की र दोस्रो चरण यशोदा थापाले गर्नुभएको थियो । जस कार्यक्रमको स्वागत मंतव्य समाजका महा सचिब दिपक क्षेत्रिले दिनुभएको थियो । बेल्जियमका लुवेन, एन्त्रोपेन लगायत अन्य शहरहरु बाट नेपालीहरु जम्मा भई नाचगान र मनोरन्जन गरी मिठा मिठा नेपाली परिकारहरुको साथ नाचगान गरी मनोरन्जन पूर्ण बातावरणमा नयाँ बर्ष मनाएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न