बैद्य माओवादीको बन्दले देशभर जनजीवन प्रभावित

२५ कार्तिक २०७०, सोमबार ०८:०४ मा प्रकाशित

काठमाडौ, २५ कार्तिक । निर्वाचन बहिष्कार गर्दै आएको बैद्य माओवादी सम्बद्द ३३ दलले गरेको आम हड्तालका कारण आज बिहानै देखि देशभरको जनजीवन प्रभावित भएको छ । बैद्य माओवादी सम्बद्द ३३ दलका नेता कार्यकर्ताहरु बन्द आह्वान गर्दै विहानैदेखि सडकमा प्रदर्शन गर्दै बन्द सफल पार्न उत्तेजक गतिबिधि गर्दै हिँडिरहेका छन् । बन्दलाई असफल पार्न सरकारले शुरक्षा सतर्कता अपनाएको छ । प्रहरी तथा नेपाली सेनाले विहानैदेखि सुरक्षा दिइरहेका छन् । सडकहरुमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी रहेका छन् । यद्यपि सरकारले बन्दको क्रममा भएको क्षतिको क्षतिपूर्ति दिने भन्दै सवारी सञ्चालन गर्न आह्वान गरेको भए पनि सार्वजनिक सवारीका साधन चलेका छैनन् । बन्द गराउँदै हिँड्ने दर्जनौलाई सुरक्षाकर्मीले पक्राउ गरेको छ । यता बन्द आयोजकहरुका अनुसार आजको बन्दलाई २४ घण्टे आमहडतालको रुपमा शसक्त रुपमा अघि बढाउने र भोलि २६ गतेदेखि मंसिर ५ गतेसम्म यातायातमात्रै बन्द गर्ने निर्णय गरिएको छ । बन्द आयोजकहरुका अनुसार बन्दको अवधी भर कुनै पनि समयमा सवारी साधन चल्न नदिने गरी ३३ दलीय मोर्चाले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिने निर्णय पनि गरेको छ । यातायात बन्दको क्रममा ३३ दलले पर्यटकको सवारी साधन चल्न नदिने निर्णय गरेको छ । यद्यपि तरकारी, दुध, फोहोर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेस र मानवअधिकारबादीको सवारी साधनमा भने कुनै अवरोध नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका