श्रीपशुपतिनाथ फाउन्डेशनको देउसी सम्पन्न

२५ कार्तिक २०७०, सोमबार ०६:१० मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस, अमेरिका । बिगत बर्षहरू जस्तै गरि निरन्तरता पाएको देउसी भैलो कार्यक्रमबाट लस एन्जलसमा सक्रिय श्रीपशुपतिनाथ फाउन्डेशन युएसए, लस एन्जलसले करिब १३ हजार डलर संकलन गरेको छ । ग्रेटर लस एन्जलस क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई समेट्ने गरि भिन्न-भिन्न नगरमा आयोजना गरिएको देउसी भैलोबाट संकलित रकम फाउन्डेशनले खरिद गरिसकेको आफ्नै भवनमा आरध्यदेव पशुपतिनाथको मन्दिर र बुद्ध स्तुपाको लागि खर्च गर्ने जनाएको छ ।

पहिलो दिन आर्टेसिया नगर निवासी डनबहादुर-तुलसा कार्कीको निवासबाट एक हजार डलर संकलन भएको थियो । देउसी-भैलोको दोस्रो दिन वाणिज्यदुत ऋशी-बिमला ढकालको आर्केडिया स्थित निवासमा आयोजित देउसी भैलोबाट ३ हजार ३८ डलर संकलन भएको थियो । देउसी कार्यक्रमको निरन्तरता स्वरुप तेस्रो दिन सेरिटोस नगर निवासी रामबाबु पान्डेको निवासमा २० हजार ५ सय ६४ डलर संकलन भएको मध्य देउसी कार्यक्रमबाट फाउन्डेशनको लागि सात हजार १ सय तेत्तिस डलर संकलन भएको थियो भने बाँकी १३ हजार ४ सय ३१ डलर चाँही मन्दिर निर्माणका लागि महापुराणमा कबोल गरिएको रकम वापतको तिरोको रुपमा संकलन भएको थियो । यसैगरी चौथो तथा फाउन्डेशनले आयोजना यस बर्षको अन्तिम देउसी भैलो कार्यक्रमको आयोजना व्हिट्टिएर निवासी राम लामाले आयोजना गर्नुभएको थियो । लामाको निवासबाट १५ सय ३ डलर संकलन भएको थियो ।

सात समुन्द्र पारीको प्रवासमा स्थानिय गतिबिधी, रकमको सहयोग, ब्यक्ति, समाज र देशसंग महत्व राख्ने घटनाहरू समाचारको रुपमा आउनु र प्रकाशित हुनु सायद् ठुलो कुरो नहोला । घटनाक्रममा कसका नाम जोडिए, कसका छोडिए, आवेश या द्द्वेशले कसका नाम मोडिए अथवा जानी-जानी कसका नाम तोडिए भन्ने बिषय गौण होला । तर सामाजिक संस्थाले आयोजना गरेको कुनै पनि कार्यक्रममा स्थानियहरूको उपस्थितीले सफलताको एउटा हिस्सा ओगटेको हुन्छ । सन्दर्भ श्रीपशुपतिनाथ फाउन्डेशनको देउसी कार्यक्रम लिंदा नै थाहा हुन्थ्यो, टाउको गनेर ब्यक्तिको हिसाव-किताव भन्दा अटुट आशा र संकल्पले अफवाहको प्रवाह नगरि रातोदिन लागिपरेका संस्थाका पदाधिकारीहरूको मेहनतले बताउंथ्यो, ‘समाज बनाउन सबभन्दा पहिला आफू लाग्नुपर्छ’ । एक मिलियन डलर उठाएर ‘पैसा उठाउन मात्र लागेको – फाउन्डेशन’ भन्नेहरूलाई जवाफ दिन्थ्यो – तन, मन, धन र बचनले आयोजना भएका ब्यबस्थित देउसी भैलो आयोजकहरूको जांगर र कार्यकुशलातको जांगरले । न कसैले कति दियो थाहा हुन्थ्यो, न कसैले यति दीईस भनेर भन्दथ्यो – प्यातर्-प्यातर बाजेको मादल र तिम्लाई टाढाको साधारण भाकामा भाका मिलाउन हर्शले उपस्थित भएर तालीको साथ दिने स्थानियहरूको सक्रिय सहभागिताले जनाउथ्यो – काम गर्न थोत्रा गफ र धाक होईन – मेहनत चाहिन्छ, लगनशिलता र निरन्तरता चाहिन्छ । आउने आउंछन, दिल खोलेर सहयोग गर्छन्, रमाउंछन । नआउनेले प्रवासको आंगनीमा मन्चन भैरहेको संस्क्रिती जोगाउने एउटा कार्यक्रममा स्वर थप्दैन र परम्पराको एउटा कार्यक्रमको निरन्तरतालाई मिस गर्छ ।

खैर, जे भए पनि श्रीपशुपतिनाथ फाउन्डेशन, ग्रेटर लस एन्जलसको एउटा यस्तो संस्था मध्यको एक हो, जसको एक पैसाको हिसाव-किताव चाहने जो सुकैले जहाँ बाट पनि हेर्न सक्छ । ईतिहास आफै लेखिंदैंन भनेझै फाउन्डेशन स्थापनाको छोटो अवधिमा कार्यकुशलता र ईमान्दारिताको लागि लस एन्जलस मात्र नभै प्रवासमा नमुना छाता संगठनको रुपमा उदाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष