एक बर्षमै संविधान: प्रचण्ड

२५ कार्तिक २०७०, सोमबार ०२:५३ मा प्रकाशित

दांग, २४ कार्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा निर्वाचनपछिका ६ महिनामा संविधानको पहिलो मस्यौदा सार्वजनिक गर्ने र १ वर्षभित्रमा नयाँ संविधान निर्माण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । मेची–महाकाली राष्ट्रिय जागरण अभियानको क्रममा आइतबार दाङ सदरमुकाम घोराहीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अघिल्लो संविधानसभाबाट पाठ सिकेर जुनसुकै हालतमा १ वर्षभित्र नयाँ संविधान जारी गर्ने बताएका हुन् । सहमतिकै लागि अल्झिरहँदा विगतमा संविधान जारी गर्न नसकेको भन्दै अध्यक्ष प्रचण्डले अबको संविधानसभाबाट त्यस्तो कमजोरी कसैले गर्न नहुने बताए । संविधानसभा, गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक मुद्दाहरु एमाओवादी नेतृत्वको विद्रोह र आन्दोलनबाट जन्मिएको भन्दै अध्यक्ष प्रचण्डले त्यसको रक्षा पनि आफ्नो पार्टीले मात्र गर्न सक्ने बताए । ‘संविधानसभा, गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक एजेण्डाहरु तत्कालीन माओवादीको ऐतिहासिक विद्रोह र आन्दोलनको परिणाम हो, उनले भने, ‘जसले बच्चा जन्माएको हो, उसले मात्र त्यसलाई हुर्काउन सक्छ, त्यसैले ती एजेण्डाको रक्षा र विकास हामीले मात्र गर्न सक्छौं ।’ हजारौंको बलिदान र त्यागबाट देशमा परिवर्तनको एजेण्डा स्थापित गर्न सफल भएको भन्दै उहाँले क्रान्ति र परिवर्तनको नेतृत्व गरेको एमाओवादीले नै अब राष्ट्रको जिम्मेवारी लिने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर