आज बैद्य माओवादी सहित ३३ दलको आमहडताल, ९ दिन यातायात बन्द

२५ कार्तिक २०७०, सोमबार ०२:४४ मा प्रकाशित

काठमाडौ, २५ कार्तिक । आगामि मंसिर ४ गतेको निर्वाचन विरुद्ध आन्दोलन गरिरहेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आज देखि मंसिर ५ गतेसम्मकोलागि घोषणा गरेको आमहडतालको कार्यक्रममा परिवर्तन गरेको छ । आज बसेको ३३ दलीय कार्यदलको बैठकले १० दिन पुरै आमहडताल गर्दा सर्वसाधारण जनताको जीवनमा प्रतिकुल असर पर्ने भन्दै आन्दोलनको रुपरेखा परिवर्तन गरेको कार्यदलमा रहेका बहुजातीय समावेशी पार्टीका अध्यक्ष शंकर थापाले जानकारी दिए । उनका अनुसार बैठकले आजको बन्दलाई २४ घण्टे आमहडतालको रुपमा शसक्त रुपमा अघि बढाउने र भोलि  २६ गतेदेखि मंसिर ५ गतेसम्म यातायातमात्रै बन्द गर्ने निर्णय गरेको बहुजातीय समावेशी पार्टीका अध्यक्ष शंकर थापाले जानकारी दिए । उनले बन्दको अवधी भर कुनै पनि समयमा सवारी साधन चल्न नदिने गरी ३३ दलीय मोर्चाले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिने निर्णय पनि गरेको छ । यातायात बन्दको क्रममा ३३ दलले पर्यटकको सवारी साधन चल्न नदिने निर्णय गरेको छ । यद्यपि तरकारी, दुध, फोहोर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेस र मानवअधिकारबादीको सवारी साधनमा भने कुनै अवरोध नगर्ने निर्णय गरेको छ । कार्यदलको बैठकले गरेको निर्णयलाई ३३ दलकै आज बस्ने बैठकले अनुमोदन गरेपछि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल