फिलिपिन्समा आएको सामुन्द्रिक आँधीका कारण लाखौ प्रभावित

२४ कार्तिक २०७०, आईतवार ०१:२३ मा प्रकाशित

एजेन्सी, २३ कार्तिक । फिलिपिन्समा आएको हेयान सामुन्द्रीक आँधीबाट लाखौं मानिस प्रभावित भएका छन् । प्रतिघण्टा ३ सय १४ किलोमिटरको गतिमा आएको उक्त आँधीले फिलिपिन्सका २० प्रान्त प्रभावित भएको अधिकारीहरुले जनाएका छन् । आँधीका कारण कम्तीमा ३ लाख मानिसलाई सुरक्षित स्थानतिर लगिएको छ भने २० लाख भन्दा बढी मानिस जोखिममा रहेका छन् । आँधीका कारण अहिलेसम्म तीन जनाको मात्र शव फेला परेको भए पनि अँझै थुप्रै मानिसहरु हराईरहेको बिभिन्न अन्तराष्ट्रि समाचार एजेन्सीहरुले जनाएका छन् । १ करोड बीस लाख जनसंख्या रहेको फिलिपिन्समा २५ लाख जनसंख्या रहेको सेबु शहर पनि आँधीको खतरामा छ । राजधानी मनिलामा भने यसको खतरा नभएको बताइएको छ । कतिपय क्षेत्रमा संचार अबरुद्ध भएका कारण क्षेतीको एकिन विवरण आईनपुगेको अधिकारीहरुले जनाएका छन् । गत बर्ष फिलिपिन्समा आएको आँधीका कारण १ हजार मानिसको मृत्यु भएको थियो भने लाखौं मानिस घरबार बिहिन भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका

म्युनिख । पश्चिमी यूरोपमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।अविरल वर्षासँगै पश्चिमी यूरोपमा केही