एमालेको चुनावी सभामा वम विस्फोट, एक वालक सहित ७ घाइते

२४ कार्तिक २०७०, आईतवार ०१:१६ मा प्रकाशित

ताप्लेजुङ, २३ कार्तिक । नेकपा एमाले क्षेत्र नं. २ को चुनावी सभामा आज दिउँसो साढे १ बजे अज्ञात समूहले प्रहार गरेको वम विस्फोट हुँदा ७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गंम्भिर रहेको छ । विस्फोटमा परि खोक्लिङका १२ वर्षिय पदम मगर र ४५ वर्षिय मान वहादुर विक गंभिर घाइते भएको स्थानियबासी तथा प्रत्यक्षदर्शी तारा साँवाले जानकारी दिए । यसैगरि ३५ वर्षिया निर्मला अधिकारी,७० वर्षिया तुलसा थापा, ३४ वर्षिया रेनुका अधिकारी र ३६ वर्षिय योग्य विक रहेको साँवाले वताए । घाइते दुवै जनालाई थप उपचारका लागि जिल्ला अस्पताल पठाईएको खोक्लिङ उपस्वास्थ्य चौकीका अनमी चन्द्रकला थापाले वताए । वालकको आँखा र मान बहादुरको पेटमा चोट लागेको छ । बाँकी चार जना सामान्य उपचारपछि घर फर्किएका छन । अज्ञात समूहले २ वटा वम प्रहार गरेपनि एउटा मात्र पट्केको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोविन्दप्रसाद आचार्यले जानकारी दिए । घटनामा संलग्नको खोजी जारी रहेको उनले वताए । आक्रमणकारीको पहिचान खुलेको छैन । उक्त क्षेत्रमा अहिले नेपाली सेना,ससस्त्र प्रहरी समेत पुगेकोपछि चुनावी सभा फेरि सुरु भएको थियो । चुनावी सभा खोक्लिङस्थित मोती उच्च माविको मैदानमा भएको हो । चुनावी सभालाई सम्वोधन गर्न नेकपा एमालेका उमेद्वार डम्वरध्वज तुम्वाहाम्फे,जिल्ला कमिटि उपाध्यक्ष राम सुवेदी,पूर्व सभासद ओमप्रकाश ओझा पुगेका थिए । घटनास्थल सदरमुकामदेखि पाँच घन्टाको दुरीमा पर्छ । यसैविच प्रत्यक्षदर्शी तारा साँवा र मोहनचन्द्र साँवाको अनुसार दुई जना यूवाले करिब ३० मिटरको दरीवाट ग्रिनेट प्रहार गरेर सावादिन गाविसतिर भागेका छन् । उनीहरुले एक किलोमिटर सम्म लखेटेर समाउने प्रयास गरेपनि सफल नभएको साँवाले वताए । फरार दुई जनाले एक जना पिङकी विकलाई सलाई कोर्न लगाएर ग्रिन सल्काएर सभातिर प्रहार गरेको जानकारी दिए । नेपाल प्रहरी मात्र सुरक्षामा खटिएका थिए । लिवाङ गाविसबाट सभामा आएका कार्यकर्ताको टोली आइपुगे लगत्तै ग्रिनेट प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गत २४ घण्टामा नेपालमा ८२०३ जना कोरोना भाइरस संक्रमित भएका छन् । २०९७९ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा

तल्लो डोल्पा । तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकाले एकै पटक तीनवटा मोवाइल टावर सञ्चालनमा ल्याएको छ । लामो समयदेखि सञ्चार

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच समझदारी भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल