जातीय हिसाबले मत माग्नु गलत: रामशरण महत

२४ कार्तिक २०७०, आईतवार ०१:१५ मा प्रकाशित

नुवाकोट, २३ कार्तिक । कांग्रेस नेता तथा नुवाकोट क्षेत्र नं २ का उम्मेदवार डा रामशरण महतले एकल जातीय पहिचानसहितको सङ्घीयताले मुलुकलाई समाधान नदिने बताउनुभएको छ । कांग्रेस क्षेत्र नं २ को आयोजनामा चौघडा गाविस चौघडा बजारमा शुक्रबार भएको क्षेत्रिय आमसभामा नेता डा महतले नेपालको कुनै पनि भूभाग एकल जातीय स्वरुपमा नभएकाले सङ्घीयता पनि एकल पहिचानको आधारमा राख्दा सबै जातलाई मान्य नहुने बताउनुभयो। नुवाकोट क्षेत्र नं ३ कांग्रेस उम्मेदवार बहादुरसिंह लामाले जातीय हिसाबले मत माग्नु गलत भएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा समानुपातिकका उम्मेदवार डा प्रकाशशरण महत तथा केन्द्रीय सदस्य धनराज गुरुङ र डिना उपाध्यायले नेपाली जनताले संविधान प्राप्त गर्नका लागि काँग्रेस पहिलो पार्टी बन्नु जरुरी भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति वैठक आज पनि बस्दैछ । राजधानीमा हिजोदेखि शुरु भएको

काठमाडौं । आजदेखि देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गत असार २९ गतेदेखि

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने बताएका छन् । पार्टीका

गलेश्वर । म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी