शान्तिपूर्ण विरोध हुँदा मतदान गर्न अवरोध होला र ? : काँग्रेसका सभापति सुशील कोइराला

२२ कार्तिक २०७०, शुक्रबार २३:२१ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति सुशील कोइराला बाँके क्षेत्र नं ३ सँगै चितवन क्षेत्र नं ४ बाट समेत अर्को संविधानसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुनुहुन्छ। चुनावी प्रचारका क्रममा उहाँ अहिले चितवनमा व्यस्त हुनुहुन्छ। आसन्ननिर्वाचन, काँग्रेसको अवस्थालगायत विषयमा गरीएको कुराकानीको अंश :

निर्वाचनको प्रचार अभियानमा हुनुहुन्छ, तयारी कस्तो छ?

कोइराला– निर्वाचनको माहोल बनाउन हामीसबै घरदैलो गरिरहेका छौ त्यो अभियानमा म पनि लागिरहेको छु।

देशभरको चुनावी अभियानलाई कसरी नियाल्नुभएको छ?

सबैभन्दा ठूलो चिन्ता, कति वर्ष भयो स्थानीय चुनाव पनि भएन, त्यसपछि संविधानसभाको चुनाव भए पनि कति गर्दा पनि संविधान बन्न सकेन, त्यसले गर्दा लोकतान्त्रिक संविधानका निम्ति चिन्ता भएको छ। जहाँ म जान्छु हर ठाउँमा एउटा उत्साह छ, चुनाव र प्रजातन्त्रको पक्षमा।

देशव्यापी रुपमा हिँडिरहनु भएको छ, अझै पनि मङ्सिर ४मा निर्वाचन हुन्छ भन्नेमाशङ्का छ त?

कुनै किसिमको शङ्का छैन। नेकपा–माओवादीका अध्यक्ष वैद्यसँग र उहाँहरुको समूहसँग धेरै पटक प्रयास गरेको हो, मसँग त सम्बन्ध पनि राम्रो छ। “तपाईंहरु आउनुस्” भनेर मैले धेरै पटक भनेँ, उहाँहरुले ‘चारदलीय सिन्डिकेट’ भन्नुभयो। मैलेतपार्इंहरु आउनुस् तपाईहरुको चित्त म बुझाउँछु भनें। पछि उहाँ145हरु आउनुभयो, हामीबीचमा छलफल पनि भयो, उहाँहरुले केही सर्त पनि राख्नुभयो। त्यसमा हामीले मङ्सिर ४ को संविधानसभाको चुनाव र सरकारका विषयबाहेक बुँदामा सहमति पनि जनायांैँ। शान्तिप्रक्रिया पनि छलफलबाटै टुङ्गो लाग्यो भने तपाईंहरुका माग पनि टुङ्गो लाग्छन्, सबै पार्टी मिलेर लोकतान्त्रिक संविधान निर्माण गरेर हामी अघि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो। तपाईंहरु पनि आउनुस्,उच्चस्तरीय राजनीतिक समितिमा तपाईंहरु पनि बस्नुपर्छ भनेर आग्रह गरियो तर त्यो पनि उहाँहरुले स्विकार्नुभएन। धेरै प्रयासपछि उहाँहरु छलफलमा त आउनुभयो, हामीले भनेका दुई विषयबाहेकमा गृहकार्य गर्ने भन्नुभएको थियो तर त्यो मिल्न सकेन। उहाँहरुलाई पनि दबाब होला, आउनुभएन। आउनुभएको भए राम्रो हुन्थ्यो, मोहन वैद्य जिम्मेवार नेता हुनुहुन्छ, संविधानसभाको निर्वाचनलाई बिथोल्नुहुन्न भन्ने मलाई विश्वस छ।

वैद्य समूहलाई नलिएरै चुनाव गर्दा पनि फरक पर्दैन भनेर विदेशीको दबाब तपार्इंहरुलाई छ भन्छन् नि?

कुनै दबाब छैन, विदेशीले वार्तामा ल्याउन खोजेकै हुन्। चुनाव त अवश्यम्भावी छ। चुनाव नभए मुलुकको स्थिति के हुन्छ, तपाईंहरुले जानेकै कुरा हो। यस कारणले चुनाव सार्ने भन्ने कुरै हुँदैन।चुनाव सार्ने स्थिति अहिले छैन तर उहाँहरुलाई समेट्नका निम्ति यसमै समावेश गरेर लैजानुपर्छ। अरु कुरामा जति पनि लचिलो हुन सकिन्छ।

नेकपा–माओवादीसहितको गठबन्धनलाई बाहिर राखेर गरिने निर्वाचनमा जनताले निर्धक्कसँग मतदान गर्ने अवस्था रहन्छ?

रहन्छ, उहाँहरुले शान्तिपूर्ण विरोध गर्छौ भन्नुभएको छ। निर्वाचन बहिष्कारशान्तिपूर्ण गर्छौ भनेकाले कुनै समस्या हुँदैन। कार्यकर्तालाई सम्हालेर शान्तिपूर्ण विरोध गर्ने जिम्मेवारी उहाँहरुको हो। अहिले पनि वैद्यजीले शान्तिपूर्ण नै विरोध गर्छौ भनिरहनुभएको छ। शान्तिपूर्ण विरोधमा मतदान गर्न के अवरोध हुन्छ र? सरकार निर्वाचनका लागि आतुर छ, उसले शान्तिपूर्णविरोध गर्नेलाई रोक्दैन। अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक दल, भारत अनि चीन पनि चुनाव हुनुपर्छ भनिरहेका छन्। शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका निम्ति लोकतान्त्रिक बाटो भनेकै चुनाव हो। केही छिटपुट घटना होलान्, त्यसैले नै अवरोध गर्छ भन्ने छैन।

निर्वाचनपछि बन्ने संविधानसभाले बनाएको संविधानलाई सबै नेपालीले मान्ने अवस्था रहला कि नरहला?

जनताले निर्वाचन स्वीकार गरेकै छन्। आजभोलि यत्रो चहलपहल देखिरहनुभएको छ। जनताले चुनाव नचाहेको छ र? विरोध गर्नेहरुले जनताले भनेअनुसार नगरेमा उहँाहरु झन् अप्ठेरामा पर्नुहुन्छ। कस्ाले संविधान चाहेको छैन र? सवैले संविधान चाहेका छन्। त्यसैले अब बन्ने संविधानको विरोधी कोही हँुदैनन्।

प्रमुख राजनीतिक दलले आफ्नो पार्टीले बहुमत नल्याए संविधान बन्दैन भन्छन्? सबैको त बहुमत आउँदैनतर तिनै दलका र्शीर्ष नेताले यसो भनिरहँंदा जनता कसरी विश्वस्त हुने?

चुनावमा सवै पार्टीको आआफ्नो घोषणापत्र हुन्छ। एकीकृत नेकपा (माओवादी) पनि बहुमत भन्छ, हामी पनि भन्छौँ र एमाले पनि भन्छ।सबैको आआफ्नै नारा छ। जोरजबर्जस्ती गर्ने त होइन, सबै पार्टीले आआफ्नो कुरा राख्ने हो। कुरा राख्ने छुट सबैलाई छ तर बढीले नेपाली काँग्रेस मन पराउँछन्।

यसको मतलब तपाईंहरुको बहुमत नआए संविधान बन्दैन?

हाम्रो बहुमत नआउने कुरै नगर्नुस्। बहुमत पनि आउँछ, संविधान पनि बन्छ। लोकतन्त्रका निम्ति काँग्रेसले आजदेखि होइन, २००७ सालदेखि लड्दै छ। इतिहासमा नै छ त्यसका निम्ति काँग्रेसले कति कुरबानी गर्‍यो। चाहे राणाकालको कुरा होस, चाहे पञ्चायतीकालको कुरा, ३० वर्षे जेलनेल पनि काँग्रेसले नै भोग्यो तर काँग्रेसले प्रजातन्त्रसंग कोही कसैसँग सम्झौता गरेन र गर्दैन। राजालेबिपीलाई ‘मिल्नुस्, आजीवन प्रधानमन्त्री हुनुस्’ भनेकै थिएतर काँग्रेसले स्विकारेन।जहाँसम्म प्रजातन्त्रको मूल्य, मान्यता र आदर्शको सवाल छ, नेपाली काँग्रेस कहिल्यै कसैसँग सम्झौता गर्दैन।

जनताले अब काँग्रेसले संविधान दिन्छ भनेर विश्वस्त भए हुन्छ त?

हामीहरुका तत्कालीन विशेष समितिमा सहमति भएको छ। पहिला संविधानको मस्यौदा तयार गर्ने छौँ। कतिपय कुरामा सहमति नहुन पनि सक्छ त्यस्ता महत्वपूर्ण विषयमा व्यापक छलफल गर्छौं। जुन विषय छलफलबाट टुङ्गो लाग्दैन त्यसममा मतदानबाट समस्या समाधान हुने छ। त्यसैले ढुक्क हुनुस्, संविधान बन्छ।

एमाओवादीले चुनाव चाहेको छैन भनेर केही शङ्का गर्नेहरु पनि देखिन्छन्, तपाईंलाई चाहिँ के लाग्छ?

मलाई त्यस्तो लाग्दैन, किनभने नेता ‘प्रचण्ड’ निर्वाचन अभियानमा यत्रो परिश्रमसाथ लागिरहनुभएको छ। मेची महाकाली अभियान गरिरहनुभएको छ भने हामी कसरी विश्वस्त नहुने? मलाई लाग्छ, उहाँहरु चुनावको विरोधी हुनुहुन्न।

उहाँहरुको चुनावी प्रचारशैली र तपार्इंहरुकामा फरक देखियो नि?

उहाँहरु हेलिकप्टरमा घुमिरहनुभएको छ। स्रोत साधनको प्रयोग गरिरहनुभएको छ। हामीसँंग पैसा छैन, त्यसैले पैदल, मोटरसाइकल, मोटर जेमा सकिन्छ र आवश्यक पर्छ सोहीअनुसार गरिरहेका छौँ।

तपाईंले चितवनलाई किन रोज्नुभयो?

चितवनकासाथीहरुकै आग्रहमा म चितवन आएको हँ। हाम्रो केन्द्रीय समिमिले शीर्ष नेतालाई दुई स्थानबाट उठाउने निर्णय गर्‍यो, त्यसैअन्तर्गत मलाई चितवन र बाँकेबाट उठाइयो।
बाँकेमा जित सुनिश्चित नभएपछि राम्रो ठाउँका रुपमा रहेको चितवन क्षेत्र नं ४ रोज्नुभएको हो पनि भन्छन् नि?
बाँकेमा पहिले पराजय भोग्नाको कारण तपाईंहरुलाई थाहा नै छ नि। त्यतिबेलाहाम्रा साथीले कहाँ राम्रोसँग भोट हाल्न पाए र? कति धम्काइयो, कति अपहरण गरियो, यी सबै कुरा तपाईंहरुलाई थाहा नै छ नि। हामीले परिणाम नमान्न पनि सक्थ्यौ तर त्यसो गरेनौं, किनभने मुलुकको कुरा थियो।यसपालि उहाँहरु संयमित हुनुहुन्छ, जनताले चाहेको उम्मेदवारलाई मतदान गर्नेछन्। जनलहर हाम्रो पक्षमा छ, पहिलेको जस्तो चुनाव होइन यो, त्यसैले काँग्रेसको जित निश्चित छ।

तपाईंको बागी उम्मेदवार तपाईंकै पार्टीका विकास कोइराला हुनुहुन्छ, असजिलो हुँदैन?

मैले कुनै असजिलो देखेको छैन। प्रजातन्त्रमा सबैको अधिकार हुन्छ। उहाँलाई मन लाग्यो चुनावमा उम्मेदवारी दिनुभयो। मलाई पार्टीले उठायो, म पार्टीको उम्मेदवार हुँ। मलाई कसैले त्यस्तो नोक्सान पार्न सक्ला जस्तो लाग्दैन। यत्रो इतिहास बोकेको पार्टीलाई छाडेर जनता व्यक्तिविशेषको पछि लाग्ने छैनन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको