अमेरिकाको कोलोराडोमा नयाँ वर्षको उपलक्ष्यमा शुभकामना साँझ सम्पन्न

३ बैशाख २०६९, आईतवार १९:२८ मा प्रकाशित

कोलोराडो ।
अमेरिकाको कोलोराडो निवासी नेपालीहरुले नयाँ वर्ष २०६९ को उपलक्ष्यमा साँस्कृतिक कार्यक्रमका साथ शुभकामाना साँझ सम्पन्न गरेका छन् ।

नेपालीहरुको साँझा संस्था नेपालीघरको आयोजनामा कोलोराडो स्थित थ्रोन्टन हाईस्कुलमा आयोजित कार्यक्रममा यहाँ रहेका झण्डै ८ सय भन्दा बढी नेपालीहरुको उपस्थिती रहेको थियो । खचाखच भरिएको हलमा सबै नेपाली भेषमा, नेपाली दाजुभाई, दिदी बहिनी देख्दा विश्वको जुनसुकै कुनामा भएपनि नेपालीले आफ्नो संस्कृती र चाडपर्वको जगेर्ना गर्न कम्बर कसेर लाग्ने रहेछन् भन्ने प्रष्ट हुन्थ्यो ।

शनिबार साँझ संम्पन्न भएको कार्यक्रममा, सहभागी कतिपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने केही आफ्नो जातीय भेष भुषा झल्कने पहिरहन लगाएर आएका थिए । कार्यक्रममा नेपाल र नेपाली सँस्कृति प्रति मायां र सद्भाव राख्ने अमेरीकी महिला साडी ब्लाउच र पुरुष दौरा सुरुवाल लगाएर कार्यक्रममा सहभागी भएका देखिन्थे ।

बालक हुन वा बृद्ध, यूवा यूवती हुन वा अधबैसे, सबै आ आफ्ना दौतरीका साथ शुभकामाना साटासाट गरिरहेका थिए । कोही हात मिलाएर त कोही हक गरेर, काही नमस्ते गरेर त कोही टाउको नीहुराएर, उमेर र अवस्था अनुसार शुभकामाना साटासाट गर्ने कार्यक्रम चलिरहेको देखिन्थ्यो ।
शुभकामाना साँझमा अधिकांश मनोरन्जन दिने खालका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । लोक, आधुनिक, पप, दोहोरी तथा नेवारीगीतमा कलाकार भाई बहिनीहरुले कम्बर मर्काई मर्काई नेपाली शैलीमा नाचेको हेरीरहदा आफुलाई नेपाली घर आगनमै भएको महसुस हुन्थ्यो । दर्शक दिर्घाबाट ताली र हुटिङको आवाजले हल गुन्जीरहेको थियो ।
सुमीत महर्जनको बांसुरी, दीया, सोना, देब्नसीको जातिस्वाराम नाच, सीमोनी, किर्तन, छिन्नाको च्याट्ट रुमाल क्यामालुम कोटका खल्तीमा भन्ने गितको नाचले दर्शकको मन जितेको देखिन्थ्यो । साँझ ६ बजे देखी ९ बजेसम्म सञ्चालन भएको कार्यक्रममा आयोजकले दर्शकहरुलाई भरपुर मानोरञ्जन दिने प्रयास गरेका थिए ।

सोही कार्यकममा कवी तथा साहीत्यकार मनु ब्राजाकी तथा बरिष्ठ गायक हिरण्य भोजपुरे लगायतका अतिथीहरुले गायक दिनेश कार्कीको गीती क्यासेट विमोचन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित दर्शकहरुलाई नेपाली स्वादमा दाल भात तरकारीको समेत व्यवस्था गरीएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी