प्यालेष्टाइनी नेता आराफात मृत्यू बारे नयाँ तथ्य फेला

२१ कार्तिक २०७०, बिहीबार २३:०५ मा प्रकाशित

एजेन्सी, २१ कार्तिक । पूर्व प्यालेष्टाइनी नेता यासिर आराफातको मृत्युबारे अर्को तथ्य फेला परेको छ । अल जजिरा च्यानललाई आराफातको मृत्यु रेडियोधर्मी पदार्थ पोलोनियमको विषबाट भएको रिपोर्ट प्राप्त भएको छ । उक्त रिपोर्ट एक स्विस फरेन्सिक संस्थाले तयार पारेको हो । सन् २००४ मा भएको आराफातको रहस्यमय मृत्युबारे मेडिकल रिपोर्टमा रगतमा मिसिएको विषका कारण उनलाई हृदयघात भएको बताइएको थियो । तर, रगतमा कस्तो बिष भेटिएको हो भन्ने बारे प्रष्ट पारिएको थिएन । उनको मृत्युबारे रहस्यहरु सार्वजनिक हुन थालेपछि गत वर्ष उनको शवलाई उत्खनन् गरी थप छानबिन थालिएको थियो । स्वीस रिपोर्टका अनुसार आराफातको शरीर परीक्षबाट निस्किएको नतिजामा पोलेनियम अधिकमात्रामा भेटिएको छ । जसका माध्यमबाट उनको शरीरमा बिष हालिएको आशंका गरिएको छ । प्यालेष्टाइनीहरुले इजरायलले आराफातलाई बिष खुवाएको आरोप लगाउँदै आएका छन् । तर, कतिपयले भने आराफातलाई क्यान्सर र एड्स जस्ता घातक रोगहरु लागेको दाबी गरेका छन् । आराफात विश्वमै चर्चित र प्यालेष्टाइनका लोकप्रिय नेता मानिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका