आम हडताल छोट्याउन सकिन्छ: माओवादी नेता सीपी गजुरेल

२१ कार्तिक २०७०, बिहीबार २३:०१ मा प्रकाशित

काठमाडौ, २१ कार्तिक । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले परिस्थिति हेरेर ३३ दलले कार्तिक २५ देखि मंसिर ५ गतेसम्मको लागि घोषणा गरिएको आमहडताल छोट्याउन सकिने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उनले २५ गते हुने सानदार नेपाल बन्दले नै सरकारलाई निर्वाचन सार्न बाध्य पार्ने ठोकुवा गर्दै त्यसपछि बन्दलाई निरन्तरता दिने आवश्यकता नै नपर्ने विश्वास ब्यक्त गरे । उपाध्यक्ष गजुरेलले २५ गतेको बन्दपछि पनि सरकार निर्वाचन सार्न तयार नभए त्यसै दिन ३३ दलको बैठक बसेर थप आन्दोलनको कार्यक्रम ल्याउने स्पष्ट पारे । यद्यपि उनले निर्वाचन प्रक्रिया अघि बढाईए सो समयमा मतदातलाई मतदान केन्द्रसम्म पुग्न नदिन बन्द भने कायमै रहने बताए । गजुरेलले भने–बन्द पुरै फिर्ता हुँदैन । २५ गतेको बन्द र राजनीतिक परिस्थितिको मुल्याङकन गरेर नयाँ रणनीति बनाउँछौ । सरकार अहिलेकै रवैयामा अघि बढे बन्दले निरन्तरता पनि पाउन सक्छ । निर्वाचन नसर्ने भए बन्द हुन्छ । उनले नेपाली जनताले १९ दिने जनआन्दोलनको बेला १९ दिनसम्मको बन्द स्विकारेकोले अहिलेको १० दिन स्विकार्दैनन कि भन्ने आशंका नगर्न आग्रह गर्दै नेपाली जनताले बन्द गरिएको विषयमा खासै आपत्ति प्रकट नगर्ने बताए । यद्यपि उनले नेपाली जनताले बन्द नगर्न आग्रह गरे बन्द नहुन पनि सक्ने र जनआन्दोलन र अहिलेको परिस्थितिमा भिन्नता समेत भएको स्पष्ट पारे । गजुरेलले २५ गतेको बन्दमा साईकलसमेत गुडन नदिने गरि ऐतिहासिक बन्द बनाउने जानकारी दिदै नेपालमा निर्वाचनको प्रायोजन गर्नेहरुले नै माओवादीलाई बाहिर राखेर निर्वाचन गर्नु गल्ती हुने महसुस गरेको सो दिनको बन्दपछि मुलुकमा जे पनि हु नसक्ने ठोकुवा गरे । आफूहरुले हतियार नउठाउने र बन्द हिंसात्मक नबनाउने प्रतिबद्धता ब्यक्त गर्दै राज्य नै आफूहरुलाई हिंसामा जान बाध्य पर्न लागेको आरोप उनले लगाए । उनले भने– दलहरु हामि भूमिगत होउन भन्ने चाहन्छन तर हामि भूमिगत हुँदैनौ । नेपाली सेनाका माथिल्ला तहका अधिकारीहरुसँग पनि आफूहरुले कुरा गरेको र उनीहरुले सेना दमन गर्न परिचालित नभएको स्पष्ट पारेको जानकारी दिदै गजुरेलले सेनाले बन्दुक ताकेर सुरक्षा दिदा जनतामा त्रास पैदा हुने र त्यसले आफूहरुको बहिस्कार आन्दोलनलाई मद्दतै पुर्याउने दावी गरे । उनले मतदानको दिन मतदातालाई कुनै पनि हालतमा मतदान केन्द्रसम्म आउन नदिने स्पष्ट पार्दै भने–निर्वाध रुपमा मतदातालाई मतदान केन्द्रसम्म भने आउन दिदैनौ । जेलमा राखेको कैदि जस्तो जनतालाई बन्दुकको भरमा मतदान केन्द्रसम्म ल्याउने र घर पुर्याउने सरकारको भनाई जनतालाई सार्वभौम भन्दा पनि कैदी बन्दी बनाउने काम मात्रै हुने धारणा राखे । आफूहरुको विरोधका बाबजुद निर्वाचन भए त्यसले मुलुकमा संविधान निर्माणै गर्न नसक्ने र गरिहाले पनि त्यसरी जारी गरिएको संविधान च्यातेर आफूहरुले आगो लगाउने चेतावनी दिए । राष्ट्रसंघसहितका कुटनीतिक नियोगको बक्तब्यले चुनाव नेपाली जनतालाई भन्दा पनि विदेशीलाई चाहिएको भन्ने आफूहरुको आरोपको पुष्टि गरेको दावी गर्दै यसले नेपालको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय समूदायको हस्तक्षेपको नीति उदाङग भएको गजुरेलले टिप्पणी समेत गरे । उनले भने–नेपाल त चौतारोमा राखेको मादल जस्तो भयो जसले जसरी जुन तालमा बनाए पनि भयो । नेपालीको मामिलामा विदेशीलाई धेरै चासो राखेर जान्ने बन्नु पर्दैन राष्ट्र संघले कानून मिच्यो भनेर नेपालको मामिलामा भन्न मिल्दैन । चुनाव सार्ने कि कस्तो गर्ने भन्ने कुरा हाम्रो आन्तरिक विषय हो, विदेशीले यो विषयमा धेरै जान्ने हुनु पर्दैन । गजुरेलले राष्ट्र संघसँग आफूहरुको बन्दको विषयमा लामो कुरा भईसकेको अवस्थामा फेरि विज्ञप्ति निकाल्नुको औचित्य नभएको भन्दै निर्वाचन बहिस्कार गर्नु कानून विपरित हुने भनाई राष्ट्र संघकै मान्यता विपरित भएको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्