छिटफुट घटना हुदैमा निर्वाचन रोकीदैन: सभापति कोइराला

२१ कार्तिक २०७०, बिहीबार २२:५७ मा प्रकाशित

काठमाडौ, २१ कार्तिक । काँग्रेस सभापति सुशील कोइरालाले संविधानसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् । चुनाव प्रचारप्रसारका लागि चितवन आएका सभापति कोइरालाले भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएकाले छिटफुट घटना हुदैमा निर्वाचन नरोकिने स्पष्ट परेका हुन् । निर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी)ले आयोजना गरेको १० दिने आम हडतालको विषयमा सभापति कोइरालाले नेकपा–माओवादीलाई जिम्मेवार बन्न समेत आग्रह गरे । पछिल्लो समयमा जनतामाझ प्रजातन्त्रमा आस्था राख्ने दलको विश्वास बढ्दै गएको भन्दै उहाले अहिले प्रजातान्त्रिक शक्ति विजयी हुने दाबी गर्नुभयो। चुनावलाई लक्षित गरी सरकारले शान्ति सुरक्षा पूर्णरुपमा दिन नसकेकाले देशका विभिन्न ठाउमा उम्मेदवारका सवारी साधनमाथि तोडफोड र आगजनीका घटना बढेको बताउदै उनले सरकारलाई सुरक्षा व्यवस्था बढाउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल