अमेरिकामा नेपाली नयाँ बर्ष मनाइयो

३ बैशाख २०६९, आईतवार १९:२५ मा प्रकाशित

अमेरीका । अमेरिकाको वायोमिङ राज्यमा बस्ने नेपालीहरूले शनिबार नेपाली नयाँ बर्ष मनाएका छन् ।

उक्त राज्यको वायोमिङ विश्ववियालयमा रहेका नेपालीहरूको संस्था FNUW ()ले आयोजना गरेको उक्त कार्यक्रममा करिब छ सय आमन्त्रितहरूलाई नेपाली खाना र साँस्कृतिक कार्यक्रमले स्वागत गरेर विद्यार्थीहरूले मनोरन्जन प्रदान गरे ।
सो विश्वविद्यायालयमा नेपालि विद्यार्थी र उनिहरुका परिवार सहित करिब सय जना नेपाली रहेका छन् । सेलिब्रेट नेपाल नाम् दिएर प्रत्यक बर्ष नयाँ बर्ष मनाउदै गरेका छन । नेपाली विद्यार्थीहरूले गर्ने उक्त कार्यक्रम् विश्वविद्यालयमै हुने उत्क्रिस्ट कार्यक्रम् मध्य पर्दछ । यो कार्यक्रम सहित उनीहरुले बर्षको दुर्इ पटक स्वागत कार्यक्रम गर्छन । दशैँ, तिहार, तीज, होलि लगायतका चाडपर्ब सामुहिक रुपमा मनाउछन् । यस्ता कार्यक्रमले नेपाल लाइ बिदेशी माझ चिनाउने र नेपालि कला संस्कृति, भेषभुषाको प्रचार प्रसारमा सहयोग पुग्ने पक्का छ ।

नयाँ बर्ष कार्यक्रममा बोल्दै विश्वविद्यालयकी अन्तरास्ट्रिय कारक्रमकि संयोजकले आफु अघिल्लो बर्ष नेपाल पुगेर आएको र फेरी पनि जान मन लागेको भन्दै नेपालको प्राकृतिक सुन्दरता र हसिला अनुहारले मोहनी लगाएको बताइन । तेस्तै FNUW का सल्लाहाकार प्रोफेसरले आफु पटक पटक नेपाल गएको, नेपालि बैज्ञानिकहरुसंग मिलेर नेपालमा जलवायु परिवर्तन सम्बन्धि अनुसन्धान गरिरहेको बताउदै नेपालि बिस्वबिध्यालयहरु संग मिलेर अझ बढी काम गर्न यो समरमा फेरी नेपाल जान लागेको जानकारी गराएका थिए ।

नेपाली खाना खाएका अधिकांसले मिठो खानाको तारिफ गरेका थिए। उक्त खानामा भात, मासको दाल, कुखुराको मासु, खसीको मासु, आलु र गोभिको तरकारी, आलुको अचार, गोलभेडाको अचार, मिठाइ, खिर नेपालि स्वादमा खुवाइएको थियो। कार्यक्रमको सुरुवात नेपाल सम्बन्धि १० मिनेट लामो भिडियो देखिएको थियो। विभिन्न प्रकारका नेपालि ठेट गीत मा नृत्य प्रसुत गरेका थिए बिद्यार्थी र उनीहरुका परिवारले। कार्यक्रमको अर्को आकर्षण भनेको अफ्रिकी बिद्यार्थीको नेपालि लोग नृत्य र अमेरिकी आदिबासी महिलाको नृत्य थियो। अन्त्यमा विभिन्न नृत्य गीत बजाई सामुहिक नृत्यले कार्यक्रम चार घण्टा पछी समापन भएको थियो। उक्त कार्यक्रम कुनै पनि बिद्यार्थी समूहले यो बिद्वाबिध्यालयमा गर्ने कार्यक्रम मध्ये सबै भन्दा ठुलो थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद