निर्वाचन पछि नेपाल सनातन हिन्दू राष्ट्र हुनेछ: कमल थापा

२० कार्तिक २०७०, बुधबार २१:२३ मा प्रकाशित

काठमाडौ, २० कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको राजनीतिक र संवैधानिक सङ्कट समाधानको निम्ति निर्वाचनबाहेक अर्को विकल्प नभएकाले निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र ढङ्गले सम्पन्न गर्नु सबैको कर्तव्य भएको बताएका छन । कार्यक्रममा थापाले भने, ‘प्रमुख राजनीतिक दलले सङ्कटग्रस्त मुलुकलाई निकास दिन नसकेको, पुरानै नीति, विचार र अडानलाई निरन्तरता दिन खोजेकाले जनतामा निरासा बढेको छ, जनताले अहिले विकल्प खोजेको तर प्रमुख दलले विकल्प दिन नसकेकाले राप्रपा नेपाल नयाँ शक्तिको रुपमा उदाएको छ ।’ थापाले जोड थियो, ‘निर्वाचनपछि राप्रपा नेपाल देशको अग्रणी निर्णायक शक्तिका रुपमा स्थापित हुने र सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम गर्दै नेपाललाई पुनः सनातन हिन्दू राष्ट्रका रुपमा स्थापित गर्नेछ ।’ ऐतिहासिक प्रजातान्त्रिक अभ्यासका रुपमा संविधानसभाजस्तो महत्वपूर्ण अङ्गको चुनाव हुन लागेको बेला सिङ्गो राष्ट्र एक ठाउँमा उभिन नसकेर चुनावबाट आउने परिणाम सार्थक नहुने हो कि भन्ने चिन्ता आमजनमानसमा देखिएको छ भन्दै अध्यक्ष थापाले यसमा एनेकपा माओवादी, काँग्रेस, एमाले र मधेसवादी दल जिम्मेवार रहेको दाबी गरे । उनले भने, चार राजनीतिक दलको निषेधको राजनीति र सर्वसत्तावादी सोचको कारण नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नेतृत्व गर्नुभएको पार्टीलगायतका राजनीतिक दल चुनावी प्रक्रियाबाट अलग हुन बाध्य पारिनु दुर्भाग्यपूर्ण कुरा हो । संविधानसभा निर्वाचनमा सबै राजनीतिक दलको सहभागिता हुनुपथ्र्यो तर त्यो नहुन चार दलको कारण हो,” थापाको भनाइ थियो । थापाले भने. ‘आगामी निर्वाचनबाट समानुपातिकतर्फ राप्रपा नेपाल पहिलो नम्बरमा आउँछ किनकी काँग्रेस, एमाले, एनेकपा माओवादी, मधेसवादीलगायतका पार्टीलाई भोट हाल्ने मतदाताले पनि एक भोट धर्म र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राप्रपा नेपाललाई दिन्छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

च्याङ्ग्राको शरीरबाट झरेर खेर गइरहेको भुवा (ऊन)ले बजार पाउने सुनिश्चित भएपछि मुस्ताङका कृषकमा खुसियाली छाएको छ । नेपाली पस्मिना उद्योगीहरुले

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्