ढुक्क हुनुहोस् निर्धारित मितिमा चुनाव सम्पन्न हुन्छ: सभापति कोइराला

२० कार्तिक २०७०, बुधबार २१:१५ मा प्रकाशित

काठमाडौ, २० कार्तिक । काँग्रेस सभापति सुशील कोइरालाले देशव्यापी चुनावी लहर आएकाले अब चुनाव हुने कुरामा कुनै शङ्का नरहेको बताएका छन । कोइरालाले आज आफ्नै निवास महाराजगञ्जमा आयोजित कार्यक्रममा चुनाव बहिष्कारको कुरा गर्नेलाई जनताले नै बहिष्कार गर्ने बताउँदै कसैले पनि चुनाव बिथोल्ने वा बाधा व्यवधान उत्पन्न गरेमा सरकार पनि सुरक्षाको लागि कडाइका साथ प्रस्तुत हुनुपर्ने बताएका हुन् । कोइरालाले भने, ‘चुनाव चाहियो भनेर जनता जागेको बेला छ, जनतामा आएको उत्साहले देशव्यापी ‘इलेक्सन फिभर’ छ, बहिष्कारको कुरा गर्नेलाई जनताले नै बहिष्कार गर्छन् ।’ सभापति कोइरालाले निर्वाचन आयोग आफ्नो कार्यतालिका अनुसार सक्रियतासाथ अघि बढेको, सरकार तथा राजनीतिक दल र नेपाली जनता निर्वाचनमा लागेको बताउँदै अब कुनैपनि घटनाले निर्वाचन नरोकिने बताए। कोइरालाले भने, ‘चुनाव सर्ने कुरा छैन, ढुक्क हुनुहोस्, चुनाव हुन्छ हुन्छ, निर्वाचन आयोग कार्यतालिका अनुसार अघि बढेको छ, सरकार भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गर्न प्रतिबद्ध छ र राजनीतिक दलहरु तथा जनतामा यत्रो लहर आएको छ ।’ गोरखामा काँग्रेसको कार्यक्रममा एमाओवादीले गरेको घटनाको उल्लेख गर्दै निर्वाचनका क्रममा जोसुकैले बिथोल्ने वा झडपको घटना गरेमा सरकार पनि कडाइका साथ प्रस्तुत हुनुपर्ने बताए । उनले भने, ‘निर्वाचनको माहोल हेर्दा अहिले लोकतन्त्रवादीको पक्षमा लहर आएको छ, गाउँगाउँमा जनतामा चेतना आएको कारण यसपटक लोकतन्त्र र लोकतन्त्रवादीको पक्षमा लहर आएको हुनुपर्छ ।’ बैद्य माओबादीको बहिस्कार प्रति कोइरालाको भनाइ थियो नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य त्यागी हुन् उनले कुनै किसिमको द्वन्द्व निम्त्याउने काम गर्दैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा