चुनाव रोक्ने प्रयास गैरकानुनी: जेमी म्याकगोल्डरिक

२० कार्तिक २०७०, बुधबार २१:०४ मा प्रकाशित

काठमाडौ, २० कार्तिक । नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि जेमी म्याकगोल्डरिकले निर्वाचनमा भाग लिन पाउने लोकतान्त्रिक अधिकारको सबै पक्षले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । राष्ट्रसंघका आवासीय प्रतिनिधि म्याकगोल्डरिकले आज बिज्ञप्ती जारी गर्दै शान्तिपुर्ण चुनावी अभियान रोक्ने कार्य गैरकानुनी भन्दै स्वतन्त्र निर्वाचनको अधिकार सम्मान गर्न आग्रह गरेका छन् । बिज्ञप्तीमा उनले भनेका छन, ‘शान्तिपूर्ण, खुला र समावेशी निर्वाचनमा भाग लिन पाउने लोकतान्त्रिक अधिकारको सबैले सम्मान गर्नुपर्दछ । हिंसा र धम्कीद्वारा गरिने बन्द हड्ताल नागरिकका राजनैतिक अधिकार तथा नेपालको कानुनविरुद्ध छ ।’ गोल्डरिकले बिज्ञप्तीमा धम्की र अवरोधका बाबजुत पनि चुनावी अभियान अघि बढेको भन्दै राजनीतिज्ञ, निर्वाचन आयोग र सुरक्षा संयन्त्रको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा