नेपालीहरुको महानचाड तिहारका अवसरमा राष्ट्रपति,र शीर्ष नेताहरुको शुभकामना

१९ कार्तिक २०७०, मंगलवार ०८:४६ मा प्रकाशित

काठमाडौं, १९ कार्तिक । नेपालीहरुको महानचाड तिहारको अवसरमा राष्ट्रपति रामवरण यादव सहित प्रमूख राजनीतिक दलहरुले समस्त नेपालीहरुलाई शुभकामना दिएका छन् । राष्ट्रपति यादवले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन्, ‘अन्धकार हटाई उज्यालो ल्याउने विशेष चाडको रुपमा मनाइने शुभ दीपावली तथा तिहार पर्वले नेपालीहरुको आर्थिक समृद्धि र आपसी भातृत्व तथा सामाजिक सद्भाव एवम् एकता कायम गर्दै समाजमा शान्ति, स्थायीत्व र प्रगति हासिल गर्न प्रेरणा मिलोस ।’ राष्ट्रपति यादवले आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा सबै नागरिक सचेत भई राष्ट्र र राष्ट्रियताको निमित्त सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्ने विश्वास लिएका छन् । यसै गरि कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि तिहारको शुभकामना दिँदै सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न