विश्व नेपाली साहित्य महासंघद्वारा नव वर्षमा शुभकामना आदान प्रदान कार्यक्रम

३ बैशाख २०६९, आईतवार १९:२२ मा प्रकाशित

साउदी अरेविया । विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाको आयोजनामा नव वर्ष २०६९ सालको पावन अवसरमा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

साउदी अरेवियाको रहिमामा भएको उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका विश्व केन्द्रिय समितिका अध्यक्ष साहित्यकार डा. मधु माधुर्यले अनलाइन मार्फत शुभकामना प्रदान गर्नुभएको थियो भने अनलाइन मार्फत प्राप्त कविता तथा रचनाहरु समेत बाचन गरिएको थियो ।
अनलाइन मार्फत इजराइलबाट भगवती बस्नेतले आफ्नो शुभकामनाका साथै गजल बाचन गर्नुभएको थियो भने दुर्गा खनालले शुभकामनाका शब्दहरु व्यक्त गर्नुभएको थियो । कवि सागर श्रेष्ठले आफ्ना कविताका हरफहरु बाचन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका महासचिव जीवन थापा सहसचिव गणेश पाण्डे लगायतले शुभकामना तथा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।
कविता बाचन गर्दै आफ्ना शुभकामना शब्दहरु संगै प्रवासी नेपाली डटकमको तर्फबाट संचालित पिएनएन इन्टरनेट टेलिभिजनको उद्घाटन गर्दै संस्थाका अध्यक्ष खगेन्द्र अधिकारी अमृतले नेपालमा छिटै शान्ति स्थापना नयाँ संविधान जारी हुन सकोस भन्ने कामना गर्नुभएको थियो ।
कार्यक्रमको पिएनएन अनलाइन रेडियो तथा भिडियोबाट प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । कार्यक्रम पश्चात उपस्थित महानुभावहरुलाई खानाको व्यवस्था समेत गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार