ताप्लेजुङमा आगलागी, ठुलो क्षति

१८ कार्तिक २०७०, सोमबार २१:३४ मा प्रकाशित

ताप्लेजुङ, १८ कार्तिक । पूर्बी पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङमा आगलागीमापरी चार घर जलेर नष्ट भएका छन् । सोमबार दिउँसो २:३० बजे तिर सुरु भएको आगलागीमा काजी मादेन, भद्र बोखिम, दावा एण्ड लामा, पृथ्विध्वज साउदेनको घर पूर्णरुपले क्षति भएको छ भने कौसिमाया पतंवाको आंशिक क्षति भएको प्रहरीले जनाएको छ । जलेका घरमा कुमार साम्यु, सरस्वती कातीर, शेखर दाहाल, डिल्ली सिग्देल, भिमकला लिम्बु, माइली तामाङ, तेजबहादु लिम्बु र उत्तर बहादुर लिम्बु डेरागरी बसेका थिए । आगलागीको सूचना पाउने बित्तिकै निकटको सेना, प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । स्थानिय काजीको घरबाट सुरु भएको आगलागी रोटी पकाउने क्रममा सुरु भएको आशंका गरिएको छ । आगलागीबाट ठुलो धन जनको क्षती भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्