काठमाडौस्थित बेलायती दूतावासको प्राथमिकता प्रवेशाज्ञा सेवा सुरु

१५ कार्तिक २०७०, शुक्रबार १९:५९ मा प्रकाशित

काठमाडौ, १५ कार्तिक । काठमाडौस्थित बेलायती दूतावासले नेपाली यात्रीलाई लक्षित गरी प्राथमिकता प्रवेशाज्ञा (भिसा) सेवा सुरु गरेको छ । अतिरिक्त शुल्क तिरेर बेलायत जान चाहने नेपालीले प्रवेशाज्ञाका लागि आवेदन गर्न सक्ने काठमाडौस्थित बेलायती दूतावासले जनाएको छ । यही कात्तिक २० गतेदेखि लागु हुने प्राथमिकता सेवाअन्तर्गत प्रवेशाज्ञा प्राप्त गर्न चाहनेले अतिरिक्त शुल्क रु सात हजार तिर्नुपर्नेछ । बेलायती गृहमन्त्रालयले प्राप्त आवेदन अध्ययन गरी छ दिनभित्र प्रवेशाज्ञा उपलब्ध गराउने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बितेका पाँच वर्षमा बिनाकुनै समस्या बेलायत, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा वा सेन्जेन मुलुकको यात्रा गरेकाहरुले उक्त सेवाका निम्ति आवेदन गर्न सक्नेछन् । उक्त सेवाअन्तर्गत आवेदन गर्ने सबैले प्रवेशाज्ञा पाउने सुनिश्चिता भने नभएको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । झापाको दमकमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ । गएराती १२ बजे झापाको दमक ४

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

भरुवा बन्दुकसहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घरमा अवैधरूपमा हातहतियार (भरुवा