आज यम पञ्चकको पहिलो दिन काग तिहार मनाईंदै

१५ कार्तिक २०७०, शुक्रबार ०३:५५ मा प्रकाशित

काठमाडौं, १५ कात्तिक । यम पञ्चकको पहिलो दिन आज शुक्रबार नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा कागलाई मीठो-मीठो खान दिएर सन्देशवाहक पंक्षी कागको पूजागरी काग तिहार मनाइँदैछ । आज कागको पूजागरी मीठा–मीठा खानेकुरा दिइने गरिन्छ । पौराणिक कथा अनुसार कागले सन्देशवाहकका रुपमा मानवजातिलाई सहयोग गरेको मान्यता अनुसार तिहारको पहिलो दिन कागलाई पुज्ने गरिन्छ । कागलाई यमदूतको रुपमा पनि पुज्ने चलन रही आएको छ । यसै दिन भैषशास्त्रका धनन्वन्तरिले अवतार लिएको कथन अनुसार धनत्रयोदशी मानेर वैद्यराजहरूले धन्वन्तरि पूजा गर्ने परम्परा छ । यस दिनदेखि भाइटीकासम्म यम पञ्चक मनाइन्छ । तिहारभर विशेष प्रकारको गीत गाएर घरघरमा गई भैलो र द्यौसी समेत खेल्ने गरिन्छ । तिहारको ५ दिन फरक–फरक जीव–जन्तलाई पुजिन्छ भने अन्तिम दिन दिदी–बहिनीले दाजुभाइलाई पुज्ने चलन छ ।यस चाडको तेस्रो दिन धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा रही आएको छ । तिहार सुरु भए लगत्तै राजधानी लगायतका सहर फूल, बत्ति, सप्तरंगी टीका लगायतले झलमल्ल भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न