कांग्रेस उपसभापति पौडेलको गाडीमाथि पेट्रोल बम आक्रमण

१४ कार्तिक २०७०, बिहीबार २०:३६ मा प्रकाशित

तनहु, १४ कार्तिक । तनँहु क्षेत्र नम्बर २ का उम्मेदवार एवम नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलमाथि आक्रमण भएको छ । गएराति १ बजे कांग्रेसका उपसभापति तथा तनहुँ क्षेत्र नं. २ का उम्मेदवार रामचन्द्र पौडेल बसेको घरमै आक्रमण भएको हो । तनहँको राम्जाकोट गाविसका गोविन्द गिरीको घरमा सुतिरहेका बेला पेट्रोलबम प्रहार भए पनि सुरक्षाकर्मीको सतर्कताका कारण क्षति पुग्न नपाएको पौडेलले जानकारी दिनुभयो । आक्रमणकारीहरुले बियरका बोत्तलमा पेट्रोल हालेर आक्रमण गर्ने प्रयास गरेको उपसभापति पौडेलले बताउनु भयो । उनीहरुले प्रहार गरेको ४ वटा पेट्रोल बमबाट घरमा पार्किङ गरी राखिएको बा ६ च ७५५५ नम्बरको गाडीमा क्षति पुगेको छ । करिब ४, ५ जनाको समूहमा आएका व्यक्तिहरु बम प्रहार लगत्तै फरार भएका छन् । घटना लगत्तै प्रहरीले गरेको अनुसन्धानका क्रममा विष्फोट नभएका ४ बम फेला परेको र त्यसलाई निष्कृय गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपीमान श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच, चितवनको भरतपुरमा आज विहान बम फेला परेको छ । भरतपुर नगरपालिका वडा नम्बर पाँच लकुंस्थित चौतारोमा बेवारिसे बम फेला परेको हो । मुख्यचोकमै बम फेला परेपछि स्थानीयवासी आतंकित भएका छन् । कालो झोलामा राखिएको उक्त बमलाई नेपाली सेनाको शमशेर दलगण भरतपुरबाट गएको बम डिष्पोजल टोलीले निस्कृय पारेको छ । बम कसले र किन राख्यो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसै गरी नेपाली कांग्रेस दाङ्ग क्षेत्र न. २ की उम्मेदवार शुसीला चौधरीले निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्दै आएको गाडीमा गएराती आगजनी भएको छ । लालमटीया-४ स्थित पार्टी कार्यकर्ता युवराज भुसालको घरमा पार्किङ्ग गरी राखिएको लु १ अ ४५२३ नम्वरको गाडीमा आगजानी भएको हो । गाडी क्षत्रि्रस्त भएको छ, आगोलगाउने समूहको पहिचान हुन सकेको छैन । नेपाली कांग्रेस प्रचार प्रसार समितिले घटनाको निन्दा गर्दै सम्वन्धित पक्षसंग दोषीमाथि कारवाहीको माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका